उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रामप्रसाद घिमिरे कर्मचारीहरुले कानून देखाएर पन्छिने परिपाटी अन्त्य गर्नुपर्ने बताएका छन् ।
नेपाल आर्थिक पत्रकार संघद्वारा आयोजित अर्थतन्त्र पुनरुत्थानको आगामी बाटो नामक कार्यक्रममा बोल्दै उनले जेनजीको आन्दोलनको जगमा बनेको सरकार रहेको भन्दै अवसर, सुशासन र पारदर्शिता प्रमुख मागलाई सम्बोधन गर्नुपर्ने अवस्थामा ब्यूरोक्रेसी कानून देखाएर भाग्न नमिल्ने बताएका हुन् । उनले अन्तरिम सरकारका सीमाभित्र रहेर काम गर्नुपर्ने भन्दै सीमाभन्दा बढी प्रतिबद्धता गर्दा भोलि झन निराशा बढ्ने बताए ।
उनले सरकारको निजी क्षेत्रप्रतिको दृष्टिकोण स्पष्ट हुनुपर्ने भन्दै अन्तरिम सरकार आफ्नो जिम्मेवारीमा केन्द्रित हुनुपर्ने बताए । ‘लोकरिझ्याइँमा लाग्नुहुँदैन, जे गर्न सकिन्छ, त्यो मात्रै घोषणा गर्नुपर्छ । अहिले भौतिक क्षतिका साथै असुरक्षित महसुस भइरहेको विषय सम्बोधन गर्नुपर्छ । आधारभूत विषयमा अध्यादेश ल्याएरै भए पनि कानुनी सुधार गर्नुपर्छ । यसमा प्रतिबद्धता देखाउनुपर्छ,’ सचिव घिमिरेले भने ।
युवाहरुमा पार्टटाइम जबको व्यवस्था गर्न नसक्दा पनि अहिलेको समस्या आएको भन्दै पढ्दै काम गर्ने परिपाटीको विकास गर्नुपर्ने उनले बताए । ‘विदेशमा यस्तो भइरहेको छ भने नेपालमा किन नगर्ने ? अहिले डिपार्टमेन्ट स्टोरमा पार्टटाइम जबको सुरुवात भइसकेको सुनेको छु । निजी क्षेत्रका सबै उद्योगी व्यवसायीले ध्यान दिनुपर्छ,’ घिमिरेले भने ।
सरकारले नाका खुलाउन सहजिकरण गरिरहेको घिमिरेले बताए ।
अस्ट्रेलियाले दियो प्राधिकरणलाई विशेष ड्रोन
चाडपर्वमा अत्यावश्यक सामान ढुवानी सहज बनाउन ट्रक व्यवसायी महासंघको सुझाव
भिक्टोरियन इन्टरनेशनल एजुकेशन अवार्डको फाइनलिस्टमा नेपाली युवा कुशल पौडेल
'बजेट रुपान्तरणकारी आएको छैन, मौद्रिक नीतिबाट पनि अपेक्षा गर्न सकिँदैन'
एएमसीले बैंकिङ क्षेत्रको सबै समस्या समाधान गर्दैन, नेपाली बैंकहरू संकटमा छैनन्: नबिल बैंकका सीईओ मनोज ज्ञवाली
ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला
एनसेलपछि एनटीसीले पनि ल्यायो सब्सक्रिप्सनमा आधारित प्याकेज
