उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रामप्रसाद घिमिरे कर्मचारीहरुले कानून देखाएर पन्छिने परिपाटी अन्त्य गर्नुपर्ने बताएका छन् ।
नेपाल आर्थिक पत्रकार संघद्वारा आयोजित अर्थतन्त्र पुनरुत्थानको आगामी बाटो नामक कार्यक्रममा बोल्दै उनले जेनजीको आन्दोलनको जगमा बनेको सरकार रहेको भन्दै अवसर, सुशासन र पारदर्शिता प्रमुख मागलाई सम्बोधन गर्नुपर्ने अवस्थामा ब्यूरोक्रेसी कानून देखाएर भाग्न नमिल्ने बताएका हुन् । उनले अन्तरिम सरकारका सीमाभित्र रहेर काम गर्नुपर्ने भन्दै सीमाभन्दा बढी प्रतिबद्धता गर्दा भोलि झन निराशा बढ्ने बताए ।
उनले सरकारको निजी क्षेत्रप्रतिको दृष्टिकोण स्पष्ट हुनुपर्ने भन्दै अन्तरिम सरकार आफ्नो जिम्मेवारीमा केन्द्रित हुनुपर्ने बताए । ‘लोकरिझ्याइँमा लाग्नुहुँदैन, जे गर्न सकिन्छ, त्यो मात्रै घोषणा गर्नुपर्छ । अहिले भौतिक क्षतिका साथै असुरक्षित महसुस भइरहेको विषय सम्बोधन गर्नुपर्छ । आधारभूत विषयमा अध्यादेश ल्याएरै भए पनि कानुनी सुधार गर्नुपर्छ । यसमा प्रतिबद्धता देखाउनुपर्छ,’ सचिव घिमिरेले भने ।
युवाहरुमा पार्टटाइम जबको व्यवस्था गर्न नसक्दा पनि अहिलेको समस्या आएको भन्दै पढ्दै काम गर्ने परिपाटीको विकास गर्नुपर्ने उनले बताए । ‘विदेशमा यस्तो भइरहेको छ भने नेपालमा किन नगर्ने ? अहिले डिपार्टमेन्ट स्टोरमा पार्टटाइम जबको सुरुवात भइसकेको सुनेको छु । निजी क्षेत्रका सबै उद्योगी व्यवसायीले ध्यान दिनुपर्छ,’ घिमिरेले भने ।
सरकारले नाका खुलाउन सहजिकरण गरिरहेको घिमिरेले बताए ।
एभ्री बाउन्ड्री काउन्ट्स: एनपीएलका हरेक बाउन्ड्रीमा रेड पान्डा संरक्षणका लागि योगदान दिँदै इसेवा
बाजुराको लामो र अग्लो झोलुङ्गे पुल, दुर्गम बस्तीका लागि बन्यो सहारा
आइसिटी अवार्ड २०२६ का स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार इनोभेसन र सोसल इनोभेसन विधामा सेमिफाइनालिस्ट सार्वजनिक
नेपाल टेलिकमको एनपीएल अनलिमिटेड प्याकेज: ५९९ रुपैयाँमा दैनिक ८ जीबी डेटा
आईसीसीको मान्यता, डीआरएस र विश्वस्तरीय खेलाडीसहित सोमबारदेखि एनपीएलको तेस्रो सिजन
सामाजिक सञ्जालबाटै करोडौँ आम्दानी
डिप्रोक्स लघुवित्त बन्यो कार्ड जारी गर्ने पहिलो लघुवित्त संस्था

-1793436575.png)