अधिवक्ता सेमन्त दाहालले चुनावपछि पनि सरकार संक्रमणकालिन मात्रै हुन सक्ने अनुमान गरेका छन् ।
नेपाल आर्थिक पत्रकार संघ(नाफिज)ले आयोजना गरेको अर्थतन्त्र पुनरोत्थानको आगामी बाटो विषयक कार्यक्रममा बोल्दै अधिवक्ता दाहालले नेपालले संक्रमणकालको विभिन्न शृङ्खलामा प्रवेश गरेको बताएका हुन् ।
‘चुनावपछिको सरकार पनि संक्रमणकालिन सरकार बन्न सक्ने अवस्था देखिन्छ । संक्रमणकालमा प्रवेश गर्दै गर्दा सीमित परिधिमा बसेर आर्थिक पक्षलाई कसरी सम्बोधन गर्न सक्छौ भन्ने कुरा महत्वपूर्ण छ,’उनले भने ।
भ्रष्टाचारको विरोधमा आन्दोलन भएको भन्दै उनले आर्थिक रुपान्तरणका लागि नयाँ आइडिया ल्याउने हो की हामीसँग भएको तथ्यको आधारमा नयाँ खाका कोर्न सक्छौं कि सक्दैनौ भन्ने हेर्नुपर्ने बताए ।
सरकारमार्फत आर्थिक रुपान्तरणका लागि अध्यादेश जारी गराउन सकिन्छ भन्दै गर्दा राजनीतिक परिस्थिति पनि हेर्नुपर्ने उनले तर्क गरे ।
‘यसअघि हामीले आर्थिक सुरक्षाका कुरा गर्दै आएका थियौं । तर, अब भौतिक सुरक्षालाई पनि सँगसँगै लिएर जानुुपर्ने भयो । सरकारले निजी क्षेत्रसँग सँगसँगै छु भन्ने सन्देश दिनुपर्छ । यसका लागि उदाहरणीय काम पनि गर्नुपर्छ,’ दाहालले भने ।
ग्लोबल स्मार्ट प्लस: लाइभ मार्केटदेखि व्यक्तिगत सेयर लगानी ट्रयाक गर्न सक्ने सुविधा
ग्लोबल आइएमई बैंकको मोबाइल बैंकिङ एपबाटै अब आईपीओ भर्न सकिने
माघ १८ गते ‘टिग कन्फेरेन्स २०२६’ आयोजना हुँदै, लेखा र व्यवसायको भविष्यमा छलफल हुने
नेपाल विश्वविद्यालय र इन्डियन इन्स्टिच्युट अफ साइन्स बैंगलोरबीच शैक्षिक सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर
नेपालीको दैनिकीसँग जोडिएको डिजिटल प्लेटफर्म इसेवा
लिट्मसद्वारा इलेक्ट्रीशियनहरूका लागि सीप सुधार कार्यक्रम सीपको शुरुवात
सिबिफिनको अध्यक्षमा प्रचण्डबहादुर श्रेष्ठ

-1769682233.jpg)
