अधिवक्ता सेमन्त दाहालले चुनावपछि पनि सरकार संक्रमणकालिन मात्रै हुन सक्ने अनुमान गरेका छन् ।
नेपाल आर्थिक पत्रकार संघ(नाफिज)ले आयोजना गरेको अर्थतन्त्र पुनरोत्थानको आगामी बाटो विषयक कार्यक्रममा बोल्दै अधिवक्ता दाहालले नेपालले संक्रमणकालको विभिन्न शृङ्खलामा प्रवेश गरेको बताएका हुन् ।
‘चुनावपछिको सरकार पनि संक्रमणकालिन सरकार बन्न सक्ने अवस्था देखिन्छ । संक्रमणकालमा प्रवेश गर्दै गर्दा सीमित परिधिमा बसेर आर्थिक पक्षलाई कसरी सम्बोधन गर्न सक्छौ भन्ने कुरा महत्वपूर्ण छ,’उनले भने ।
भ्रष्टाचारको विरोधमा आन्दोलन भएको भन्दै उनले आर्थिक रुपान्तरणका लागि नयाँ आइडिया ल्याउने हो की हामीसँग भएको तथ्यको आधारमा नयाँ खाका कोर्न सक्छौं कि सक्दैनौ भन्ने हेर्नुपर्ने बताए ।
सरकारमार्फत आर्थिक रुपान्तरणका लागि अध्यादेश जारी गराउन सकिन्छ भन्दै गर्दा राजनीतिक परिस्थिति पनि हेर्नुपर्ने उनले तर्क गरे ।
‘यसअघि हामीले आर्थिक सुरक्षाका कुरा गर्दै आएका थियौं । तर, अब भौतिक सुरक्षालाई पनि सँगसँगै लिएर जानुुपर्ने भयो । सरकारले निजी क्षेत्रसँग सँगसँगै छु भन्ने सन्देश दिनुपर्छ । यसका लागि उदाहरणीय काम पनि गर्नुपर्छ,’ दाहालले भने ।
अस्ट्रेलियाले दियो प्राधिकरणलाई विशेष ड्रोन
चाडपर्वमा अत्यावश्यक सामान ढुवानी सहज बनाउन ट्रक व्यवसायी महासंघको सुझाव
भिक्टोरियन इन्टरनेशनल एजुकेशन अवार्डको फाइनलिस्टमा नेपाली युवा कुशल पौडेल
'बजेट रुपान्तरणकारी आएको छैन, मौद्रिक नीतिबाट पनि अपेक्षा गर्न सकिँदैन'
एएमसीले बैंकिङ क्षेत्रको सबै समस्या समाधान गर्दैन, नेपाली बैंकहरू संकटमा छैनन्: नबिल बैंकका सीईओ मनोज ज्ञवाली
ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला
एनसेलपछि एनटीसीले पनि ल्यायो सब्सक्रिप्सनमा आधारित प्याकेज
