अर्थमन्त्रीमा रामेश्वर खनाल, उर्जा, भौतिक योजना र सहरी विकासमन्त्रीमा कुलमान घिसिङ तथा गृह र कानुनमन्त्रीमा ओमप्रकाश अर्याल नियुक्त भएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ र गृह, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ओम प्रकाश अर्याललाई शपथ गराएका हुन् ।
खनाल पूर्व अर्थ सचिव एवं अर्थशास्त्री हुन् । नेपालको अर्थतन्त्रका जानकार उनले मन्त्री हुँदा तलब भत्ता, मन्त्रीक्वाटर लगायतका सेवा सुविधा नलिने बताएका छन् ।
घिसिङ नेपाल नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हुन् । कार्यकारी निर्देशक हुँदा उनले नेपाललाई लोडसेडिङ मुक्त बनाएका थिए ।
यस्तै अर्याल अधिवक्ता हुन् । अर्याल अख्तियार दुरूपयोग अनुसन्धान आयोग प्रमुख लोकमानसिंह कार्कीको नियुक्तिविरूद्ध सर्वोच्च अदालतमा रिट दायर गरेपछि लोकप्रिय भएका हुन्। उनले जनहितका विभिन्न मुद्दा उठाएर कानुनी लडाइँ लड्दै आएका छन्। उनी काठमाडौं महानगरपालिकाका कानुनी सल्लाहकार पनि हुन् ।
अस्ट्रेलियाले दियो प्राधिकरणलाई विशेष ड्रोन
चाडपर्वमा अत्यावश्यक सामान ढुवानी सहज बनाउन ट्रक व्यवसायी महासंघको सुझाव
भिक्टोरियन इन्टरनेशनल एजुकेशन अवार्डको फाइनलिस्टमा नेपाली युवा कुशल पौडेल
'बजेट रुपान्तरणकारी आएको छैन, मौद्रिक नीतिबाट पनि अपेक्षा गर्न सकिँदैन'
एएमसीले बैंकिङ क्षेत्रको सबै समस्या समाधान गर्दैन, नेपाली बैंकहरू संकटमा छैनन्: नबिल बैंकका सीईओ मनोज ज्ञवाली
ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला
एनसेलपछि एनटीसीले पनि ल्यायो सब्सक्रिप्सनमा आधारित प्याकेज
