अर्थमन्त्रीमा रामेश्वर खनाल, उर्जा, भौतिक योजना र सहरी विकासमन्त्रीमा कुलमान घिसिङ तथा गृह र कानुनमन्त्रीमा ओमप्रकाश अर्याल नियुक्त भएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ र गृह, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ओम प्रकाश अर्याललाई शपथ गराएका हुन् ।
खनाल पूर्व अर्थ सचिव एवं अर्थशास्त्री हुन् । नेपालको अर्थतन्त्रका जानकार उनले मन्त्री हुँदा तलब भत्ता, मन्त्रीक्वाटर लगायतका सेवा सुविधा नलिने बताएका छन् ।
घिसिङ नेपाल नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हुन् । कार्यकारी निर्देशक हुँदा उनले नेपाललाई लोडसेडिङ मुक्त बनाएका थिए ।
यस्तै अर्याल अधिवक्ता हुन् । अर्याल अख्तियार दुरूपयोग अनुसन्धान आयोग प्रमुख लोकमानसिंह कार्कीको नियुक्तिविरूद्ध सर्वोच्च अदालतमा रिट दायर गरेपछि लोकप्रिय भएका हुन्। उनले जनहितका विभिन्न मुद्दा उठाएर कानुनी लडाइँ लड्दै आएका छन्। उनी काठमाडौं महानगरपालिकाका कानुनी सल्लाहकार पनि हुन् ।
एभ्री बाउन्ड्री काउन्ट्स: एनपीएलका हरेक बाउन्ड्रीमा रेड पान्डा संरक्षणका लागि योगदान दिँदै इसेवा
बाजुराको लामो र अग्लो झोलुङ्गे पुल, दुर्गम बस्तीका लागि बन्यो सहारा
आइसिटी अवार्ड २०२६ का स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार इनोभेसन र सोसल इनोभेसन विधामा सेमिफाइनालिस्ट सार्वजनिक
नेपाल टेलिकमको एनपीएल अनलिमिटेड प्याकेज: ५९९ रुपैयाँमा दैनिक ८ जीबी डेटा
आईसीसीको मान्यता, डीआरएस र विश्वस्तरीय खेलाडीसहित सोमबारदेखि एनपीएलको तेस्रो सिजन
सामाजिक सञ्जालबाटै करोडौँ आम्दानी
डिप्रोक्स लघुवित्त बन्यो कार्ड जारी गर्ने पहिलो लघुवित्त संस्था

-1793436575.png)