नेपालको पहिलो महिला प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त भएकी छन् । मोरङमा जन्मिएकी कार्की शुक्रबार अन्तरिम सरकारको प्रमुखमा नियुक्त भएकी हुन् ।
पहिलो महिला प्रधानन्यायाधीश बनेर इतिहास रचेकी सुशीला कार्की पहिलो महिला प्रधानमन्त्री बनेर अर्को इतिहास लेख्न सफल भएकी छन् ।
अब उनको काधमा फागुन २१ गते निर्वाचन गर्नुपर्ने चुनौती छ । २००८ मा जन्मिएकी कार्कीले विराटनगरको महेन्द्र मोरङ कलेजबाट बिए र बनारसको हिन्दु विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेकी थिइन् ।
२०३४ मा त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक गरेपछि उनले २०३५ मा वकालत थालेकी थिइन । वकालतको २७ वर्षपछि वरिष्ठ अधिवक्ता बनेकी उनी २०६५ मा सर्वोच्च अदालतको अस्थायी न्यायाधीश बनेकी थिइन । २०६७ मा न्यायाधीश नियुक्त भएपछि २०७३ मा कामु प्रधानन्यायाधीश बनिन् ।
त्यसको तीन महिनामा प्रधानन्यायाधीश बनेकी थिइन । उनले १५ महिना सर्वोच्च अदालतको नेतृत्व गरिन् । उनले न्यायालयमा हुँदा भ्रष्टाचार मुद्दालाई उच्च प्राथमिकता दिएर सुनुवाइ गरेकी थिइन् । उनको स्वभाव बोल्ड र निडर छ ।
अस्ट्रेलियाले दियो प्राधिकरणलाई विशेष ड्रोन
चाडपर्वमा अत्यावश्यक सामान ढुवानी सहज बनाउन ट्रक व्यवसायी महासंघको सुझाव
भिक्टोरियन इन्टरनेशनल एजुकेशन अवार्डको फाइनलिस्टमा नेपाली युवा कुशल पौडेल
'बजेट रुपान्तरणकारी आएको छैन, मौद्रिक नीतिबाट पनि अपेक्षा गर्न सकिँदैन'
एएमसीले बैंकिङ क्षेत्रको सबै समस्या समाधान गर्दैन, नेपाली बैंकहरू संकटमा छैनन्: नबिल बैंकका सीईओ मनोज ज्ञवाली
ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला
एनसेलपछि एनटीसीले पनि ल्यायो सब्सक्रिप्सनमा आधारित प्याकेज
