नेपालको पहिलो महिला प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त भएकी छन् । मोरङमा जन्मिएकी कार्की शुक्रबार अन्तरिम सरकारको प्रमुखमा नियुक्त भएकी हुन् ।
पहिलो महिला प्रधानन्यायाधीश बनेर इतिहास रचेकी सुशीला कार्की पहिलो महिला प्रधानमन्त्री बनेर अर्को इतिहास लेख्न सफल भएकी छन् ।
अब उनको काधमा फागुन २१ गते निर्वाचन गर्नुपर्ने चुनौती छ । २००८ मा जन्मिएकी कार्कीले विराटनगरको महेन्द्र मोरङ कलेजबाट बिए र बनारसको हिन्दु विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेकी थिइन् ।
२०३४ मा त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक गरेपछि उनले २०३५ मा वकालत थालेकी थिइन । वकालतको २७ वर्षपछि वरिष्ठ अधिवक्ता बनेकी उनी २०६५ मा सर्वोच्च अदालतको अस्थायी न्यायाधीश बनेकी थिइन । २०६७ मा न्यायाधीश नियुक्त भएपछि २०७३ मा कामु प्रधानन्यायाधीश बनिन् ।
त्यसको तीन महिनामा प्रधानन्यायाधीश बनेकी थिइन । उनले १५ महिना सर्वोच्च अदालतको नेतृत्व गरिन् । उनले न्यायालयमा हुँदा भ्रष्टाचार मुद्दालाई उच्च प्राथमिकता दिएर सुनुवाइ गरेकी थिइन् । उनको स्वभाव बोल्ड र निडर छ ।
एभ्री बाउन्ड्री काउन्ट्स: एनपीएलका हरेक बाउन्ड्रीमा रेड पान्डा संरक्षणका लागि योगदान दिँदै इसेवा
बाजुराको लामो र अग्लो झोलुङ्गे पुल, दुर्गम बस्तीका लागि बन्यो सहारा
आइसिटी अवार्ड २०२६ का स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार इनोभेसन र सोसल इनोभेसन विधामा सेमिफाइनालिस्ट सार्वजनिक
नेपाल टेलिकमको एनपीएल अनलिमिटेड प्याकेज: ५९९ रुपैयाँमा दैनिक ८ जीबी डेटा
आईसीसीको मान्यता, डीआरएस र विश्वस्तरीय खेलाडीसहित सोमबारदेखि एनपीएलको तेस्रो सिजन
सामाजिक सञ्जालबाटै करोडौँ आम्दानी
डिप्रोक्स लघुवित्त बन्यो कार्ड जारी गर्ने पहिलो लघुवित्त संस्था

-1793436575.png)