धनुषाका १७ वर्षीय अभियन्ता तथा सामग्री निर्माता कृष यादवलाई ‘गोल्छा ग्रुपले प्रस्तुत गरेको ग्लोकल टिन हिरो नेपाल २०२५ को उपाधि प्रदान गरिएको छ। धनुषाको कचूरीका यादवलाई ग्लोकल प्रालिद्वारा ललितपुरको द प्लाजामा आयोजित एक समारोहमा यो सम्मान प्रदान गरिएको हो ।
विगत एक दशकदेखि, ग्लोकल टिन हिरो पहलले शैक्षिक क्षेत्रभन्दा बाहिर उत्कृष्ट प्रदर्शन गर्ने किशोर-किशोरीहरूलाई मान्यता दिँदै उनीहरूको असाधारण प्रतिभा प्रदर्शन गर्ने मञ्च प्रदान गर्दै आएको छ। ग्लोकल टिन हिरो नेपालले किशोर-किशोरीहरूको पहल, सिर्जनात्मकता र उत्साहलाई गहिरो रूपमा कदर गर्छ, जसले उनीहरूलाई विश्वव्यापी र स्थानीय क्षेत्रहरूबीचको सकारात्मक परिवर्तनका लागि उत्प्रेरक बन्न सशक्त बनाउँछ।
प्रतियोगितामा कृषलाई शीर्ष ६ जना अन्तिम प्रतिस्पर्धीहरूमध्येबाट छनोट गरिएको थियो। तीमध्ये मानुषी न्यौपाने (१७ वर्षीया -स्याङ्जाकी SRHR अभियन्ता), निश्चल ढुङ्गाना (१९ वर्षीय-कपिलवस्तुका जलवायु न्याय अभियन्ता), अक्सफोर्ड आचार्य (१५ वर्षीय-जुम्लाका नीति अभियन्ता), रेनुका सिंह (१८ वर्षीया-सर्लाहीकी कृषि उद्यमी) र सफल पौडेल (१८ वर्षीय-रूपन्देहीका AI डेभलपर) रहेका थिए।
कृष यादव एक १७ वर्षीय सामाजिक रूपमा जिज्ञासु कन्टेन क्रिएटर हुन्, जसलाई समाजले कसरी कार्य गर्छ र विकसित हुन्छ भन्ने कुरा बुझ्नमा गहिरो रुचि छ। सामाजिक विज्ञानमा बलियो जग बसालेका उनले विभिन्न रचनात्मक टोलीको नेतृत्व गरेका छन्, सार्वजनिक बहसहरू सञ्चालन गरेका छन् र प्रमुख राष्ट्रिय मुद्दाहरूमा वृत्तचित्रहरू निर्माण गरेका छन्।
कृषले अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको प्रतिनिधित्व गरेका छन् र नीतिमा केन्द्रित पहलहरूका लागि स्थानीय सरकारहरूसँग काम गर्नु भएकोछ। उनी कथावाचन, शिक्षा र सामाजिक अनुसन्धानमा गहिरो रूपमा संलग्न एक गतिशील किशोर नेता र सामग्री निर्माता हुन्।
गोल्छा ग्रुपले प्रस्तुत गरेको ग्लोकल टिन हिरो नेपालको अन्तिम चरणका लागि शीर्ष ६ जना अन्तिम प्रतिस्पर्धीहरूलाई उनीहरूको उपलब्धि, पहल, योगदान र कार्यको प्रभावका आधारमा छोटो सूचीमा राखिएको थियो। अन्तिम प्रतिस्पर्धीहरूले विभिन्न विषयमा आत्म-क्षमता कार्यशालाहरूको शृङ्खलामा पनि भाग लिए र उद्योगका नेताहरू तथा कर्पोरेट व्यक्तित्वहरूसँग आफ्नो ज्ञान बढाउने अवसर प्राप्त गरेका थिए ।
२० अर्ब रुपैयाँ लागतको ४०० केभी प्रसारण लाइन आयोजना अघि बढ्यो, पीपीपी मोडेलमा बन्ने
नेसनल प्याब्सनसहित अभिभावक संघबिच ३ प्रतिशत ‘शिक्षा समता शुल्क’ मा छलफल, सरकारसँग संवाद अघि बढाइने
इसेवा ह्याकाथन २०२६ सौराहामा सम्पन्नः नवप्रवर्तन, प्रविधि र दिगो भविष्यका समाधानहरूको खोजी
अर्थतन्त्रलाई नयाँ दिशादिनेगरी बजेट आएको छ: अध्यक्ष पाण्डे
स्वच्छ पूर्वाधार लगानी शुल्क लगाउँदा फेरि पेट्रोलियम गाडीकै खपत बढ्न सक्छ: उपाध्यक्ष श्रेष्ठ
बजेट महत्वाकांक्षी छ, कार्यान्वयन गर्नसके निजी क्षेत्रको मनोबल बढाउनेछ: कमलेश अग्रवाल
एसेट म्यानेजमेन्ट कम्पनीको मोडालिटी कानूनमै स्पष्ट पार्छौं: कार्यकारी निर्देशक पौडेल






