ललितपुरको पुल्चोकस्थित इम्बार्क कलेजले विद्यार्थीलाई पढाइसँगै व्यावसायिक सीप र रोजगारीसँग जोड्न दुई नयाँ कार्यक्रम सुरु गरेको छ। कलेजले ‘व्यावहारिक सीप तालिम (अप्रेन्टिससिप) कार्यक्रम’ र ‘स्टार्टअप क्षमता विकास कार्यक्रम’को घोषणा गरेको हो।
इम्बार्क कलेजका कार्यकारी निर्देशक तथा सिइओ आशिष ठाकुरका अनुसार यी कार्यक्रमहरूले शैक्षिक जीवनपछि करियरमा हुने अनिश्चिततालाई अन्त्य गर्दै नेपालमा करियर–रेडी शिक्षाको नयाँ मापदण्ड स्थापित गर्नेछन्। कलेजले शिक्षा र उद्योगबिचको खाडल हटाउँदै स्नातकहरूलाई प्रत्यक्ष रोजगारीसँग जोड्ने काम गरिरहेको उनको भनाइ छ ।
अप्रेन्टिससिप कार्यक्रमअन्तर्गत प्रमुख उद्योग तथा उद्यमसँग सहकार्य गरी योग्य स्नातकलाई रोजगारी सुनिश्चित गरिनेछ। यसमा संरचित तालिम आवश्यकताको मूल्याङ्कन, व्यावसायिक परामर्श, नियमित मूल्याङ्कन र दीर्घकालीन साझेदारी सम्झौता जस्ता प्रक्रिया समावेश छन्।
त्यस्तै, स्टार्टअप क्षमता विकास कार्यक्रमले १० वर्षभन्दा कम समयदेखि सञ्चालनमा रहेका र वार्षिक कारोबार १५ करोड रुपैयाँभन्दा कम भएका नवप्रवर्तनशील व्यवसायलाई लक्षित गर्नेछ। नेपाल सरकारको राष्ट्रिय स्टार्टअप नीति २०८० र औद्योगिक उद्यम ऐन २०७६ सँग मेल खाने गरी यो कार्यक्रम अघि बढाइने कलेजले जनाएको छ।
नेपालमा उद्यमशीलताको सम्भावना अपार छ । तर स्रोत र रणनीतिक सहयोगको अभाव छ। यो कार्यक्रमले नवप्रवर्तनलाई दिगो व्यवसायमा रूपान्तरण गर्न मद्दत गर्ने ठाकुरको भनाइ छ ।
कलेजका अनुसार नयाँ पहलले दक्ष जनशक्ति उत्पादन गर्ने मात्र नभई, स्वदेशी नवप्रवर्तन र प्रविधि क्षमताको विकासमार्फत देशको आर्थिक समृद्धिमा टेवा पुर्याउनेछ।
इम्बार्क कलेजले बिएससी बिजनेस म्यानेजमेन्ट, एम बिए र एसीसीए कार्यक्रम सञ्चालन गर्दै आएको छ।
नेपालमा ‘हल्ट प्राइज नेशनल्स २०२६’ हुँदै, ५० भन्दा बढी विद्यार्थी स्टार्टअप प्रतिस्पर्धामा
आगामी बजेटका लागि नास आईटीको सुझाव: लगानी प्रोत्साहनदेखि पूर्वाधारमा लगानी गर्न आग्रह
एसईई दिएका विद्यार्थीका लागि एनसेलको निःशुल्क अनलाइन लर्निङ र गेमिङ सुविधा
फोनेपेको सीईओमा दिवस कुमार पुन: नियुक्त
नबिल बैंकले १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै
गरिमा विकास बैंकलाई दुई वटा अन्तर्राष्ट्रिय आईएसओ प्रमाणपत्र प्राप्त
ललितपुर महानगरलाई ११ थान फोटोन TM1 हस्तान्तरण : नेपालमै पहिलो पटक फोहोर संकलनका लागि इलेक्ट्रिक गाडी प्रयोग हुने
