नेभिगेशन
रोजगारी

प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा रोजगारीको अवसर (सूचनासहित)

 नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले रिक्त पदहरू स्थायी रूपमा पूर्ति गर्न दरखास्त आह्वान गरेको छ।

शुक्रबार प्रकाशित सूचनामा प्रतिष्ठानले लोक सेवा आयोगको सहमति अनुसार कार्यक्षमताको मूल्यांकनद्वारा बढुवा र आन्तरिक तथा खुला प्रतियोगितात्मक परीक्षामार्फत १५ जना जनशक्ति पदपूर्ति गरिने जनाएको छ। साथै नेपाल सरकार वा विश्वविद्यालयका समान श्रेणीका स्थायी कर्मचारीहरूमध्येबाट काजमार्फत समेत पदपूर्ति गरिने उल्लेख छ।

आवेदन आज सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र दिन सकिनेछ भने तोकिएको म्यादभित्र आवेदन दिन नसकेकाले दोब्बर दस्तुर तिरेर थप सात दिनभित्र पनि फाराम दर्ता गर्न सक्ने व्यवस्था गरिएको छ।

1_mJV1L7PQtt-1756445015.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्