यातायात व्यवस्था विभागले असोज १ गतेदेखि इम्बोस्ड नम्बर प्लेट जडान नगरे पनि दण्ड/जरिवाना नहुने बताएको छ ।
विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा आगामी असोज १ गतेदेखि इम्बोस्ड नम्बर प्लेट वडान नगर्ने सवारी धनी कारवाहीमा पर्ने तथा जेल जानुपर्ने भनी भएको प्रचारमा सत्यता नभएको विभागले प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको छ ।
विभागले तत्काललाई कुनै पनि प्रकारको दण्ड जरिवाना नगरिने र आफू अनुकूल सवारी दर्ता गरेको यातायात कार्यालयमा गई स्व:स्फूर्त ढंगले इम्बोस्ड नम्बर प्लेट जडान गरी डिजिटाइजेन कार्यमा सहयोग गर्न अनुरोध गरेको छ ।
विभाग एवम् प्रदेश कार्यालयबाट जडान सहजताका लागि उक्त स्थानमा पूर्वाधार र जनशक्तिको व्यवस्था गरिएको र सेवाग्राही तथा सवारीसाधनको सहजताका लागि आवश्यकताअनुसार थप प्रबन्ध गरिएको जानकारी दिएको छ ।
इम्बोस्ड नम्बर प्लेटमा प्रयोग हुने भाषाका सम्बन्धमा सर्वोच्च अदालतको संवैधानिक इजलासबाट सम्झौतामा उल्लेख भए बमोजिम अङ्ग्रेजी लिपी प्रयोगमा कुनै संवैधानिक र कानुनी त्रुटि नदेखिएको भनी फैसला भएको स्पष्ट पारेको छ ।


आइसिटी अवार्ड २०२६ का स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार इनोभेसन र सोसल इनोभेसन विधामा सेमिफाइनालिस्ट सार्वजनिक
नेपाल टेलिकमको एनपीएल अनलिमिटेड प्याकेज: ५९९ रुपैयाँमा दैनिक ८ जीबी डेटा
आईसीसीको मान्यता, डीआरएस र विश्वस्तरीय खेलाडीसहित सोमबारदेखि एनपीएलको तेस्रो सिजन
सामाजिक सञ्जालबाटै करोडौँ आम्दानी
डिप्रोक्स लघुवित्त बन्यो कार्ड जारी गर्ने पहिलो लघुवित्त संस्था
नबिल बैंकको भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा
नेपाल प्रिमियर लिगको टेलिकम पार्टनरमा नेपाल टेलिकम
