सूचना प्रविधिसम्बन्धी व्यावसायिक तालिम प्रदान गर्ने नेपाली कम्पनी ब्रोडवे इन्फोसिस प्रालिले वर्ल्ड इन्नोभेसन, टेक्नोलोजी एन्ड सर्भिसेज एलायन्स (विट्सा–WITSA) बाट प्रतिष्ठित ‘डिजिटल ट्यालेन्ट डेभलपमेन्ट’ अवार्ड जितेको छ । ताइवानको ताइपेईमा आयोजित ‘विट्सा ग्लोबल एआई समिट २०२५’ अन्तर्गत मंगलबार (१९ अगस्ट) सम्पन्न विशेष समारोहमा ब्रोडवेलाई उक्त अवार्ड प्रदान गरिएको हो ।
कम्पनीले व्यावसायिक आईटी तालिममार्फत नेपालको शिक्षा तथा प्रविधि क्षेत्रमा पुर्याएको योगदान र दक्ष जनशक्ति उत्पादनमा गरेको उल्लेखनीय भूमिकाको कदर गर्दै यो अवार्ड प्रदान गरिएको आयोजक विट्साले जनाएको छ । देशको डिजिटल रूपान्तरणमा ब्रोडवेले खेलेको महत्त्वपूर्ण भूमिकाको पनि अवार्डले प्रशंसा गरेको छ ।
समिटको अवसरमा आयोजित पुरस्कार वितरण समारोहमा ब्रोडवे इन्फोसिसका निर्देशकद्वय हरिकृष्ण अधिकारी र उत्तम अधिकारीले उक्त अवार्ड ग्रहण गर्नुभएको थियो । यो पुरस्कार केवल ब्रोडवे इन्फोसिसको समर्पण मात्र नभई नेपालको समग्र आईटी परिदृश्यमा परेको सकारात्मक प्रभावको प्रमाण भएको कम्पनीले प्रतिक्रिया जनाएको छ ।
विट्सा विश्वका ८० भन्दा बढी देशका सूचना तथा सञ्चार प्रविधिसम्बन्धी संस्थाहरूको छाता संगठन हो । नेपालको तर्फबाट कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ विट्साको सदस्य रहेको छ । विट्साले आयोजना गर्ने ग्लोबल एआई समिट विश्वभरका उद्योग, सरकार, प्राज्ञिक तथा अनुसन्धान संस्थाका नेतृत्वकर्तालाई एउटै मञ्चमा ल्याउने महत्त्वपूर्ण अवसर मानिन्छ ।
‘एआई सेपिङ द डिजिटल वर्ल्ड’ थिममा केन्द्रित यस वर्षको समिटले आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग र विकासमा जोड दिएको छ ।
‘डिजिटल ट्यालेन्ट डेभलपमेन्ट’ विधासहित विभिन्न १३ विधामा प्रदान गरिएको अवार्डका लागि विश्वभरबाट सयौँ कम्पनीले मनोनयन दर्ता गराएका थिए ।
अवार्ड समारोहको अघिल्लो दिन क्यान महासंघको टोलीले ताइवानी डिजिटल अफेयर्स मन्त्रालयका मन्त्री डा. यु–नेन ह्वाङलाई भेट गरी नेपालको डिजिटल यात्रा तथा क्यान महासंघले नेपाल सरकार र मातहतका निकायसँग विभिन्न नीति निर्माणमा खेलेको भूमिकाका बारेमा जानकारी गराएको थियो ।
उक्त अवसरमा हालै जारी आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीति निर्माणमा क्यान महासंघले नेपाल सरकारलाई दिएको सुझावलगायतका विषयमा महासंघका महासचिव चन्द्र विलास भुर्तेलले विस्तृत जानकारी दिनुभएको थियो ।
कार्यक्रममा क्यान महासंघका निवर्तमान अध्यक्ष तथा विट्साका कोषाध्यक्ष रणजित कुमार पोदार, क्यान महासंघका प्रबन्धक उदिप बराल, होरिवन नेपालका निर्देशक जितेन्द्र पोद्दारलगायतको समेत सहभागिता रहेको थियो ।
एलआरआर मोटर्सद्वारा ‘न्यू इनर्जी, न्यू जर्नी एन्ड न्यू एक्सपिरियन्स’ योजना सार्वजनिक
इन्जिनको आयु बढाउने 'नानो इनरजाईजर'
मोटिफ एजुकेसन २० वर्षतर्फ: १५ हजारभन्दा बढी नेपाली विद्यार्थीलाई अन्तर्राष्ट्रिय शिक्षामा जोड्दै
पेट्रोलियम पदार्थको मूल्यवृद्धिप्रति ट्रक व्यवसायी महासंघको आपत्ति, भाडादर समायोजन गर्न सरकारसँग माग
यसरी लिन सकिन्छ निर्वाचन मतपरिणामको जानकारी
एप्पलले सार्वजनिक गर्यो सस्तो ल्यापटप ‘म्याकबुक नियो’, कति छ मूल्य ?
‘आईटी अब सबै दलहरूको साझा एजेन्डा हो, घोषणापत्रमा सीमित नराखी कार्यान्वयनमै लैजान्छौं’





-1773720653.jpg)
