ग्लोकल प्रालिले ११ औं संस्करणको गोल्छा ग्रुप प्रस्तुत ग्लोकल टिन हिरो नेपाल २०२५ को लागि शीर्ष ६ फाइनलिस्टहरूको नाम घोषणा गरेको छ।
यस वर्षको प्रतियोगितामा बालबालिकाको अधिकार, नवप्रवर्तन, प्रविधि, उद्यमशीलता, शिक्षा, स्वास्थ्य, सामाजिक क्रियाशीलता, पर्यावरण, एआई विज्ञान/अनुसन्धान र अन्य विभिन्न क्षेत्रमा समाजमा सकारात्मक प्रभाव पारेका ७८४ किशोरकिशोरीहरूबाट आवेदन प्राप्त भएको थियो।
ग्लोकल२० अण्डर २० छनोट गरिएका उत्कृष्ट किशोरकिशोरीहरूको विवरण र दस्तावेजहरूको समीक्षा हाम्रो निर्णायक मण्डलले गरेको थियो। त्यसपछि उनीहरूको कामको सुरुवात, उपलब्धि, निरन्तरता र समाजमा पारेको प्रभावको आधारमा गोल्छा ग्रुप प्रस्तुत ग्लोकल टिन हिरो नेपाल २०२५ का लागि अन्तिम चरणमा शीर्ष छ फाइनलिस्टहरूलाई सर्टलिस्ट गरिएको हो।
सम्मानित ६ सदस्यीय निर्णायक मण्डलले यी ६ जना प्रतिभाशाली किशोरकिशोरीहरूलाई उनीहरूको उपलब्धि, पहल र आ-आफ्नो क्षेत्रमा पुर्याएको योगदानका लागि सर्टलिस्ट गरेको छ।
शीर्ष ६ फाइनलिस्टहरू यसप्रकार छन् :
१. कृष्ण यादव, धनुषा- सामग्री निर्माता
२. मानुषी न्यौपाने, स्याङ्जा- यौन तथा प्रजनन स्वास्थ्य अधिकार (SRHR) अधिवक्ता
३. निश्चल ढुंगाना, कपिलवस्तु जलवायु न्याय अधिवक्ता
४. अक्सफोर्ड आचार्य, जुम्ला- नीति अधिवक्ता
५. रेणुका सिंह, सर्लाहीकी- कृषि उद्यमी
६. सफल पौडेल, रुपन्देही- एआई विकासकर्ता
'बजेट रुपान्तरणकारी आएको छैन, मौद्रिक नीतिबाट पनि अपेक्षा गर्न सकिँदैन'
एएमसीले बैंकिङ क्षेत्रको सबै समस्या समाधान गर्दैन, नेपाली बैंकहरू संकटमा छैनन्: नबिल बैंकका सीईओ मनोज ज्ञवाली
ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला
एनसेलपछि एनटीसीले पनि ल्यायो सब्सक्रिप्सनमा आधारित प्याकेज
बजेटलाई सघाउने गरि मौद्रिक नीति ल्याउँदैछौं : कार्यकारी निर्देशक पौडेल



-1782642321.png)