ग्लोकल प्रालिले ११ औं संस्करणको गोल्छा ग्रुप प्रस्तुत ग्लोकल टिन हिरो नेपाल २०२५ को लागि शीर्ष ६ फाइनलिस्टहरूको नाम घोषणा गरेको छ।
यस वर्षको प्रतियोगितामा बालबालिकाको अधिकार, नवप्रवर्तन, प्रविधि, उद्यमशीलता, शिक्षा, स्वास्थ्य, सामाजिक क्रियाशीलता, पर्यावरण, एआई विज्ञान/अनुसन्धान र अन्य विभिन्न क्षेत्रमा समाजमा सकारात्मक प्रभाव पारेका ७८४ किशोरकिशोरीहरूबाट आवेदन प्राप्त भएको थियो।
ग्लोकल२० अण्डर २० छनोट गरिएका उत्कृष्ट किशोरकिशोरीहरूको विवरण र दस्तावेजहरूको समीक्षा हाम्रो निर्णायक मण्डलले गरेको थियो। त्यसपछि उनीहरूको कामको सुरुवात, उपलब्धि, निरन्तरता र समाजमा पारेको प्रभावको आधारमा गोल्छा ग्रुप प्रस्तुत ग्लोकल टिन हिरो नेपाल २०२५ का लागि अन्तिम चरणमा शीर्ष छ फाइनलिस्टहरूलाई सर्टलिस्ट गरिएको हो।
सम्मानित ६ सदस्यीय निर्णायक मण्डलले यी ६ जना प्रतिभाशाली किशोरकिशोरीहरूलाई उनीहरूको उपलब्धि, पहल र आ-आफ्नो क्षेत्रमा पुर्याएको योगदानका लागि सर्टलिस्ट गरेको छ।
शीर्ष ६ फाइनलिस्टहरू यसप्रकार छन् :
१. कृष्ण यादव, धनुषा- सामग्री निर्माता
२. मानुषी न्यौपाने, स्याङ्जा- यौन तथा प्रजनन स्वास्थ्य अधिकार (SRHR) अधिवक्ता
३. निश्चल ढुंगाना, कपिलवस्तु जलवायु न्याय अधिवक्ता
४. अक्सफोर्ड आचार्य, जुम्ला- नीति अधिवक्ता
५. रेणुका सिंह, सर्लाहीकी- कृषि उद्यमी
६. सफल पौडेल, रुपन्देही- एआई विकासकर्ता
एनसेल एप डाउनलोड गर्नेको संख्या १ करोड नाघ्यो, १० दिने उत्सव कार्यक्रम सुरू
एनपीएल सिजन २ मा सहभागी हुन नेपाल आइपुगे दक्षिण अफ्रिकी क्रिकेटर फाफ डुप्लेसिस
एनआईसी एशिया बैंक र एनसीएचएलबीच सम्झौता, अब बैंकले नेपालपे कार्ड जारी गर्ने
हायात प्लेस बुटवलको औपचारिक उद्घाटन
एनएमबि बैंकद्वारा डिजिटल नेपालको लागि नयाँ पेमेन्ट गेटवे सुरु
लक्ष्य होल्डिङ्गसको चौथो वार्षिक साधारण सभा आगामी पुस १२ गते हुने
इनड्राइभ प्लेटिनम ड्राइभर गिभअवे क्याम्पेनका ग्रान्ड प्राइज विजेताहरूलाई पुरस्कार हस्तान्तरण





