नेपालको अग्रणी व्यापारिक संस्था लक्ष्मी ग्रुपले भदौ ७ र ८ गते (शनिबार र आइतबार) बिहान ११:०० बजेदेखि बेलुकी ६:०० बजेसम्म काठमाडौंको गैह्रीधारास्थित सिल्भर ओकमा भव्य प्रदर्शनी 'ल्याक्सपेरियन्स २०२५' आयोजना गर्ने भएको छ ।
यस प्रदर्शनीलाई Hyundai, BMW, Kaiyi र Forthing जस्ता बहुप्रतिष्ठित ब्रान्डहरूले विशेष बनाउन छन् । नेपालकै अटो इभेन्टमा पहिलोपटक बीएमडब्लुको सहभागिता रहने भएकाले यो प्रदर्शनी कारप्रेमीहरूका लागि अझै रोमाञ्चक बन्नेछ।
आगन्तुकहरूका लागि विशेष अफर र छुट, तत्काल कार मूल्याङ्कन, लोयाल्टी बोनसका साथै सुविधाजनक फाइनान्स र इन्स्योरेन्स सेवाहरु पनि उपलब्ध गराइनेछ। यस प्रदर्शनीले नयाँ कार खरिद गर्न वा पुरानो साट्न इच्छुकहरूका लागि उत्कृष्ट अवसर दिनेछ।
कार मात्र नभई, आगन्तुकहरूले नयाँ मोडल र प्रविधि अनुभव गर्ने, ब्रान्ड प्रतिनिधिसँग प्रत्यक्ष संवाद गर्ने तथा व्यक्तिगत डिल पाउने अवसर पनि पाउनेछन्।
साथै, नेल आर्ट, मेहेन्दी, नि:शुल्क पौडी र सबै उमेर समूहलाई आकर्षित गर्ने मनोरञ्जनात्मक गतिविधिहरूले कार्यक्रमलाई झनै रोचक बनाउनेछन्।
आइसिटी अवार्ड २०२६ का स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार इनोभेसन र सोसल इनोभेसन विधामा सेमिफाइनालिस्ट सार्वजनिक
नेपाल टेलिकमको एनपीएल अनलिमिटेड प्याकेज: ५९९ रुपैयाँमा दैनिक ८ जीबी डेटा
आईसीसीको मान्यता, डीआरएस र विश्वस्तरीय खेलाडीसहित सोमबारदेखि एनपीएलको तेस्रो सिजन
सामाजिक सञ्जालबाटै करोडौँ आम्दानी
डिप्रोक्स लघुवित्त बन्यो कार्ड जारी गर्ने पहिलो लघुवित्त संस्था
नबिल बैंकको भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा
नेपाल प्रिमियर लिगको टेलिकम पार्टनरमा नेपाल टेलिकम
