मेटलाइफ नेपालले झापास्थित कन्काई सहारा सर्पदंश उपचार केन्द्रसँग साझेदारी गर्दै, यस क्षेत्रमा बढ्दो सर्पदंशको जोखिमलाई सम्बोधन गर्न आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पहल सुरु गरेको छ । बढ्दो तापक्रम र यस जिल्लाको कृषिमुखी जीवनशैलीका कारण विशेष गरी ग्रामीण क्षेत्रमा समुदायहरूको जोखिम अझ बढेको छ ।
नेपालमा सर्पदंश एक जनस्वास्थ्य समस्या हो, जसले गर्दा हरेक वर्ष सयौंको ज्यान जान्छ, विशेष गरी झापा जस्ता जिल्लाहरू सबैभन्दा बढी प्रभावित छन् । सीमित जनचेतना, समयमै उपचार नपाउनु र पर्याप्त स्वास्थ्य सुविधा अभावका कारण सर्पदंशद्वारा धेरैजसो मृत्युहरू र दीर्घकालीन स्वास्थ्य समस्या उत्पन्न हुन्छन् । यी तथ्याङ्कहरूले जोखिममा रहेका समुदायहरूमा निवारक शिक्षा र उपचारमा सुधारको पहुँच दुवैको तत्काल आवश्यकतालाई प्रकाश पार्छन् ।
यस कार्यक्रमको उद्देश्य समुदायमा सर्पदंशको रोकथाम र तात्कालिक प्रतिक्रिया सम्बन्धी ज्ञान बढाउने, झापाको मध्य भागका ग्रामीण बासिन्दालाई उपचार सुविधामा सजिलो पहुँच उपलब्ध गराउने, र अन्ततः सर्पदंशका कारण हुने मृत्युको संख्या घटाउनु हो । केन्द्रको प्रयासलाई समर्थन गर्दै, मेटलाइफ नेपालले जनचेतना अभिवृद्धि अभियानमा योगदान पुर्याउने, रोकथामका उपायहरूलाई प्रोत्साहन गर्ने, र समयमै जीवनरक्षक उपचारको पहुँच मजबुत पार्नेछ ।
“सर्पदंश ग्रामीण नेपालमा गम्भीर तर प्रायः बेवास्ता गरिने सार्वजनिक स्वास्थ्य समस्या हो । कन्काई सहारा सर्पदंश उपचार केन्द्रसँग सहकार्य गरेर, हामी हाम्रो समुदायलाई सर्पदंशबाट बच्न आवश्यक ज्ञान मात्र नभई समयमा अत्यावश्यक उपचारमा पहुँच सुनिश्चित गर्न प्रतिबद्ध छौँ । यो सबै नेपालीहरूको लागि सुरक्षित र स्वस्थ भविष्य निर्माण गर्ने हाम्रो प्रमुख लक्ष्य हो,“ मेटलाइफ नेपालका महाप्रबन्धक निर्मल काजी श्रेष्ठले भने ।
'बजेट रुपान्तरणकारी आएको छैन, मौद्रिक नीतिबाट पनि अपेक्षा गर्न सकिँदैन'
एएमसीले बैंकिङ क्षेत्रको सबै समस्या समाधान गर्दैन, नेपाली बैंकहरू संकटमा छैनन्: नबिल बैंकका सीईओ मनोज ज्ञवाली
ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला
एनसेलपछि एनटीसीले पनि ल्यायो सब्सक्रिप्सनमा आधारित प्याकेज
बजेटलाई सघाउने गरि मौद्रिक नीति ल्याउँदैछौं : कार्यकारी निर्देशक पौडेल



-1782642321.png)