महालक्ष्मी विकास बैंकले आर्थिक वर्ष २०८१÷८२ को चौथो त्रैमासको अन्त्य सम्म समग्र वित्तीय परिसुचकहरुमा सकारात्मक सुधार गर्दै सन्तुलित अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।
बैंकले हालै मात्र प्रकाशित गरेको आर्थिक वर्ष २०८१÷८२ को अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा रु. ५०.०३ करोड पुगेको छ । यस वर्ष बैंकको लाभाशं वितरण क्षमतामा उल्लेख्य वृद्धि भई ११.५१ प्रतिशत पुगेको छ ।
आर्थिक वर्ष २०८१÷८२ को अन्त्य सम्म बैंकले रु. ५६.२२ अर्ब निक्षेप संकलन गर्न सफल भएकोमा रु. ४५.८५ अर्ब कर्जा परिचालन गरेको छ । कर्जा परिचालनमा बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा ५.०५ प्रशितले वृद्धि गरेको हो ।
साथै आर्थिक वर्ष २०८१÷८२ को अन्त्यसम्ममा शेयरधनी कोषमा प्रतिफल ११.७९ प्रतिशत रहेको छ भने कर्जा निक्षेप अनुपात ८३.९८ प्रतिशत रहेको छ । यस बैंकको खराब कर्जा अनुपात ४.८६ प्रतिशत मात्र रहेको छ जुन नेपाल राष्ट्र बैंकले तोकेको सीमा भित्र रहेको छ । साथै बैंकको पुँजी पर्याप्यता अनुपात पर्याप्त रहेको कारणले आगामी दिनहरुमा व्यवसाय वृद्धि गर्न कुनै पुँजीगत दबाब नरहने देखिन्छ ।
बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०८१÷८२ आषाढ मसान्त सम्म कोष लागत प्रतिशत ४.५६ प्रतिशत रहेको छ जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २.४७ प्रतिशत कम हो ।
कोष लागत प्रतिशत कम हुँदा सोको सकारात्मक असर आधार दरमा समेत परेको छ जसअनुसार बैंकको आधार दर २०८२ श्रावण मसान्त सम्म ६.५४ प्रतिशत रहेको छ । बैंकको आधार दर कम हुँदा ऋणीले लिने ऋणको ब्याजदर समेत कम हुने हुँदा सोको लाभ ऋणीहरुले लिन सक्छन् ।
हालै मात्र बैंकले आफ्नो मोबाइल बैकिङ्ग एप “महालक्ष्मी स्मार्ट साथी” मा भर्चुअल क्रेडिट कार्डको सुविधा थप गरेको छ । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ शाखा कार्यालयहरु र ८ लाख भन्दा बढी ग्राहकहरु रहेका छन् ।
आइसिटी अवार्ड २०२६ का स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार इनोभेसन र सोसल इनोभेसन विधामा सेमिफाइनालिस्ट सार्वजनिक
नेपाल टेलिकमको एनपीएल अनलिमिटेड प्याकेज: ५९९ रुपैयाँमा दैनिक ८ जीबी डेटा
आईसीसीको मान्यता, डीआरएस र विश्वस्तरीय खेलाडीसहित सोमबारदेखि एनपीएलको तेस्रो सिजन
सामाजिक सञ्जालबाटै करोडौँ आम्दानी
डिप्रोक्स लघुवित्त बन्यो कार्ड जारी गर्ने पहिलो लघुवित्त संस्था
नबिल बैंकको भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा
नेपाल प्रिमियर लिगको टेलिकम पार्टनरमा नेपाल टेलिकम
