डिजिटल प्लेटफर्म दैलो कृषिले मुना कृषि लिमिटेडसँग सहकार्य गरेको छ । योसँगै अब दैलो कृषिबाट परम्परागत कृषि उत्पादनहरू अनलाइनबाट अर्डर गर्न सकिने छ ।
यो सहकार्यले नेपालकै कृषि सम्पदा उजागर गर्नुका साथै देशभरका सयौँ किसान र सहकारीलाई प्रत्यक्ष लाभ पुर्याउने जनाइएको छ ।
सुरुवाती चरणमा बजारमा ल्याइने उत्पादनहरूमा गुन्द्रुक, सिन्की, भाङ्गो (ह्याम्प सिड), बेसार, क्यामोमाइल, बेलिचन (हिबिस्कस चिया), हातले पिसेको खुर्सानी, टिमुर र जेठो बुढो चामल रहेका छन् ।
यसबाहेक, आगामी दिनमा परम्परागत मसला, सुक्खा फलफूल, मौलिक अन्नबाली, दाल, बीउ, गेडागुडी, औषधिय वनस्पति जस्तै काकनी कोदो (foxtail millet), चामरे कोदो (proso millet), रामदाना, भुटेको मकै, बेलिचन, क्यामोमाइल, कालो बेसार, तुलसी, जिम्बु, चिउरा लगायतका उत्पादनहरू क्रमशः उपलब्ध गराउने योजना छ ।
यो सहकार्य किसानलाई सशक्त बनाउन, परम्परागत कृषि ज्ञान पुनर्जीवित गर्न र नेपाली खेतबारीका उत्पादन नेपाली घरघरमा पुर्याउने उद्देश्यसहितको एक वास्तविक फार्म टु टेबल पहलका रूपमा अगाडि बढाइएको हो ।
डिजिटल प्लेटफर्म दैलो कृषिले किसानलाई प्रत्यक्ष उपभोक्तासँग जोडेर सुरक्षित, ताजा र मौलिक उत्पादन घरघरमा पुर्याउँदै आएको छ ।
कम्पनीले सबै उत्पादनको गुणस्तर परीक्षण गर्छ भने त्यसमा राखिएको क्युआर कोडमार्फत उत्पादनको स्रोत, खेती पद्धति, पौष्टिकता र प्रयोगशाला परीक्षणको विवरण सहजै हेर्न सकिन्छ ।
एनसेल एप डाउनलोड गर्नेको संख्या १ करोड नाघ्यो, १० दिने उत्सव कार्यक्रम सुरू
एनपीएल सिजन २ मा सहभागी हुन नेपाल आइपुगे दक्षिण अफ्रिकी क्रिकेटर फाफ डुप्लेसिस
एनआईसी एशिया बैंक र एनसीएचएलबीच सम्झौता, अब बैंकले नेपालपे कार्ड जारी गर्ने
हायात प्लेस बुटवलको औपचारिक उद्घाटन
एनएमबि बैंकद्वारा डिजिटल नेपालको लागि नयाँ पेमेन्ट गेटवे सुरु
लक्ष्य होल्डिङ्गसको चौथो वार्षिक साधारण सभा आगामी पुस १२ गते हुने
इनड्राइभ प्लेटिनम ड्राइभर गिभअवे क्याम्पेनका ग्रान्ड प्राइज विजेताहरूलाई पुरस्कार हस्तान्तरण





