डिजिटल प्लेटफर्म दैलो कृषिले मुना कृषि लिमिटेडसँग सहकार्य गरेको छ । योसँगै अब दैलो कृषिबाट परम्परागत कृषि उत्पादनहरू अनलाइनबाट अर्डर गर्न सकिने छ ।
यो सहकार्यले नेपालकै कृषि सम्पदा उजागर गर्नुका साथै देशभरका सयौँ किसान र सहकारीलाई प्रत्यक्ष लाभ पुर्याउने जनाइएको छ ।
सुरुवाती चरणमा बजारमा ल्याइने उत्पादनहरूमा गुन्द्रुक, सिन्की, भाङ्गो (ह्याम्प सिड), बेसार, क्यामोमाइल, बेलिचन (हिबिस्कस चिया), हातले पिसेको खुर्सानी, टिमुर र जेठो बुढो चामल रहेका छन् ।
यसबाहेक, आगामी दिनमा परम्परागत मसला, सुक्खा फलफूल, मौलिक अन्नबाली, दाल, बीउ, गेडागुडी, औषधिय वनस्पति जस्तै काकनी कोदो (foxtail millet), चामरे कोदो (proso millet), रामदाना, भुटेको मकै, बेलिचन, क्यामोमाइल, कालो बेसार, तुलसी, जिम्बु, चिउरा लगायतका उत्पादनहरू क्रमशः उपलब्ध गराउने योजना छ ।
यो सहकार्य किसानलाई सशक्त बनाउन, परम्परागत कृषि ज्ञान पुनर्जीवित गर्न र नेपाली खेतबारीका उत्पादन नेपाली घरघरमा पुर्याउने उद्देश्यसहितको एक वास्तविक फार्म टु टेबल पहलका रूपमा अगाडि बढाइएको हो ।
डिजिटल प्लेटफर्म दैलो कृषिले किसानलाई प्रत्यक्ष उपभोक्तासँग जोडेर सुरक्षित, ताजा र मौलिक उत्पादन घरघरमा पुर्याउँदै आएको छ ।
कम्पनीले सबै उत्पादनको गुणस्तर परीक्षण गर्छ भने त्यसमा राखिएको क्युआर कोडमार्फत उत्पादनको स्रोत, खेती पद्धति, पौष्टिकता र प्रयोगशाला परीक्षणको विवरण सहजै हेर्न सकिन्छ ।
'बजेट रुपान्तरणकारी आएको छैन, मौद्रिक नीतिबाट पनि अपेक्षा गर्न सकिँदैन'
एएमसीले बैंकिङ क्षेत्रको सबै समस्या समाधान गर्दैन, नेपाली बैंकहरू संकटमा छैनन्: नबिल बैंकका सीईओ मनोज ज्ञवाली
ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला
एनसेलपछि एनटीसीले पनि ल्यायो सब्सक्रिप्सनमा आधारित प्याकेज
बजेटलाई सघाउने गरि मौद्रिक नीति ल्याउँदैछौं : कार्यकारी निर्देशक पौडेल



-1782642321.png)