एभरेष्ट बैंकले गत आर्थिक वर्षमा ४ अर्ब ९१ करोड ८१ लाख ६५ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिको तुलनामा यो नाफा ३२.८० प्रतिशतले धेरै हो ।
अघिल्लो आवको सोही अवधिमा बैंकले ३ अर्ब ७० करोड ३२ लाख २५ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । यो अवधिमा बैंकको खुद ब्याज आम्दानी १९.३६ प्रतिशतले बढेर ९ अर्ब १२ करोड ९३ लाख ८८ हजार रुपैयाँ रहेको छ भने सञ्चालन नाफा ३१.६२ प्रतिशतले बढेर ७ अर्ब ४५ करोड ४२ लाख ३५ हजार रुपैयाँ रहेको थियो ।
असार मसान्तसम्म बैंकको वितरणयोग्य नाफा ४ अर्ब ९५ करोड ४४ लाख ७० हजार रुपैयाँ रहेको छ । अघिल्लो आवमा बैंकले सेयरधनीलाई लाभांश दिने क्षमता २८.०६ रुपैयाँ थियो । अहिले बढेर ३८.२७ रुपैयाँ रहेको छ ।
१२ अर्ब ९४ करोड ४६ लाख ९४ हजार रुपैयाँ चुक्ता पुँजी भएको बैंकको जगेडा कोषमा १३ अर्ब ८८ करोड ५९ लाख १७ हजार रुपैयाँ रहेको छ ।
बैंकले २ खर्ब ९८ अर्ब ८१ करोड ८४ लाख रुपैयाँ निक्षेप संकलन गरेर १ खर्ब ५२ करोड ४६ लाख २५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । हाल बैंकको खराब कर्जा ०.७१ प्रतिशतबाट घटेर ०.३८ प्रतिशत रहेको छ । हाल बैंकको प्रति सेयर आम्दानी ३७.९९ रुपैयाँ छ भने प्रति सेयर नेटवर्थ २४७.३९ प्रतिशत रहेको छ ।
इसेवामार्फत जीवन बीमा नवीकरण गर्दा स्मार्ट टिभी र नगद जित्ने अवसर
नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने
टाटा मोटर्सको ‘द ग्रान्ड स्विच एक्सचेन्ज क्याम्प’ सुरु
सिटिजन्स बैंकको नेतृत्वमा ५० मेगावाटको मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
मुक्तिनाथ विकास बैंकको सीईओ मानन्धरद्वारा पदभार ग्रहण
नबिल बैंकको केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात
मोबाइलमान्डुको पहिलो फिजिकल आउटलेट तीनकुनेमा उद्घाटन हुँदै, छुटसँगै उपहार जित्ने अवसर






