एभरेष्ट बैंकले गत आर्थिक वर्षमा ४ अर्ब ९१ करोड ८१ लाख ६५ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिको तुलनामा यो नाफा ३२.८० प्रतिशतले धेरै हो ।
अघिल्लो आवको सोही अवधिमा बैंकले ३ अर्ब ७० करोड ३२ लाख २५ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । यो अवधिमा बैंकको खुद ब्याज आम्दानी १९.३६ प्रतिशतले बढेर ९ अर्ब १२ करोड ९३ लाख ८८ हजार रुपैयाँ रहेको छ भने सञ्चालन नाफा ३१.६२ प्रतिशतले बढेर ७ अर्ब ४५ करोड ४२ लाख ३५ हजार रुपैयाँ रहेको थियो ।
असार मसान्तसम्म बैंकको वितरणयोग्य नाफा ४ अर्ब ९५ करोड ४४ लाख ७० हजार रुपैयाँ रहेको छ । अघिल्लो आवमा बैंकले सेयरधनीलाई लाभांश दिने क्षमता २८.०६ रुपैयाँ थियो । अहिले बढेर ३८.२७ रुपैयाँ रहेको छ ।
१२ अर्ब ९४ करोड ४६ लाख ९४ हजार रुपैयाँ चुक्ता पुँजी भएको बैंकको जगेडा कोषमा १३ अर्ब ८८ करोड ५९ लाख १७ हजार रुपैयाँ रहेको छ ।
बैंकले २ खर्ब ९८ अर्ब ८१ करोड ८४ लाख रुपैयाँ निक्षेप संकलन गरेर १ खर्ब ५२ करोड ४६ लाख २५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । हाल बैंकको खराब कर्जा ०.७१ प्रतिशतबाट घटेर ०.३८ प्रतिशत रहेको छ । हाल बैंकको प्रति सेयर आम्दानी ३७.९९ रुपैयाँ छ भने प्रति सेयर नेटवर्थ २४७.३९ प्रतिशत रहेको छ ।
डिप्रोक्स लघुवित्त बन्यो कार्ड जारी गर्ने पहिलो लघुवित्त संस्था
नबिल बैंकको भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा
सिद्धार्थ बैंकले सञ्चालनमा ल्यायो एपीआई बैंकिङ प्लेटफर्म ‘र्यापिड’
आईक्यान र टिगबीच सहकार्य, सदस्य फर्म र विद्यार्थीले निःशुल्क क्लाउड अकाउन्टिङ प्रयोग गर्न पाउने
'बजेट रुपान्तरणकारी आएको छैन, मौद्रिक नीतिबाट पनि अपेक्षा गर्न सकिँदैन'
एएमसीले बैंकिङ क्षेत्रको सबै समस्या समाधान गर्दैन, नेपाली बैंकहरू संकटमा छैनन्: नबिल बैंकका सीईओ मनोज ज्ञवाली
इसेवामार्फत जीवन बीमा नवीकरण गर्दा स्मार्ट टिभी र नगद जित्ने अवसर
