विगत चार वर्षदेखि “आफ्नै माटो, आफ्नै शान” भन्ने स्लोगनका साथ नेपाली टाइल्स बजारमा मजबुत उपस्थिति जनाउँदै आएको नेपाल सेरामिक इन्डस्ट्री प्रा.लि. ले नेपोभिट टाइल्सको उत्पादन तथा देशभर बिक्री–वितरण गर्दै आएको छ। गुणस्तरीय निर्माण, ग्राहक सन्तुष्टि र स्थानीय उत्पादनको प्रवर्द्धनमा केन्द्रित यस कम्पनीले छोटो समयमै टाइल्स उद्योगमा विशिष्ट स्थान बनाउँदै आएको छ।
चार वर्षको यात्रा सजिलो भने थिएन। विभिन्न आर्थिक, प्राविधिक र बजार चुनौतीहरूका बीच कम्पनीले निरन्तर सुधार, नवप्रवर्तन र सेवा विस्तारमा ध्यान केन्द्रित गर्दै आफ्नो गुणस्तर, ब्रान्ड पहिचान र वर्चस्व कायम राख्न सफल भएको छ।
नेपालकै पहिलो टाइल्स कम्पनीका रूपमा विदेशमा गई वार्षिक साधारण सभा आयोजना गर्नु ऐतिहासिक उपलब्धि हो। यस पटकको चौथो वार्षिक साधारण सभा थाइल्यान्डमा आयोजना हुँदैछ, जुन कम्पनीको निरन्तर सफलता र लक्ष्य प्राप्तिको प्रतीकस्वरूप हेरिएको छ।
कम्पनीले चालु आर्थिक वर्षमा निर्धारण गरेको सेल्स टार्गेट बिक्री टोलीले सफलतापूर्वक पूरा गरेकाले यस भ्रमण (ट्रिप) को आयोजना गरिएको हो। यो भ्रमण केवल सम्मान मात्र नभई भविष्यका थप महत्वाकांक्षी लक्ष्यहरू प्राप्त गर्नका लागि टिमलाई प्रोत्साहन र प्रेरणा दिने माध्यम पनि हो।
कम्पनीले आगामी दिनमा अझ उच्च बिक्री लक्ष्य निर्धारण गर्दै बिक्री र सेवा क्षेत्र विस्तार गर्ने योजनासमेत अघि सारेको छ। त्यसका लागि यो भ्रमणले टिममा ऊर्जा थप्ने र अझ समर्पित भएर काम गर्न उत्प्रेरणा दिने कम्पनीको विश्वास छ।
'बजेट रुपान्तरणकारी आएको छैन, मौद्रिक नीतिबाट पनि अपेक्षा गर्न सकिँदैन'
एएमसीले बैंकिङ क्षेत्रको सबै समस्या समाधान गर्दैन, नेपाली बैंकहरू संकटमा छैनन्: नबिल बैंकका सीईओ मनोज ज्ञवाली
इसेवामार्फत जीवन बीमा नवीकरण गर्दा स्मार्ट टिभी र नगद जित्ने अवसर
नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने
टाटा मोटर्सको ‘द ग्रान्ड स्विच एक्सचेन्ज क्याम्प’ सुरु
सिटिजन्स बैंकको नेतृत्वमा ५० मेगावाटको मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
मुक्तिनाथ विकास बैंकको सीईओ मानन्धरद्वारा पदभार ग्रहण



-1782642321.png)