नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले नयाँ पुस्तालाई कृषि पेसामा संलग्न गराउनु पर्ने बताएका छन् ।
राष्ट्रिय युवा सङ्घ नेपालद्वारा आयोजित एक महिने बृहत् रक्तदान अभियानको आज यहाँ शुभारम्भ गर्दै खिर खाने कार्यक्रममा समेत सहभागी भइ उहाँले कृषि क्षेत्रको रूपान्तरण गर्न नसकेमा देशको विकास हुन नसक्ने बताए ।
“जमिन बाँझै रहने, युवा रोजगारीको खोजीमा विदेश जाने अवस्थालाई बदल्ने सङ्कल्प हामीले गर्नुपर्दछ, नेपालमा ठुलो सङ्ख्यामा युवालाई रोजगारीमा समेट्ने कृषि क्षेत्र नै हो”, उनले भने ।
महासचिव पोखरेलले कृषि पेसालाई व्यावसायिक रुपमा विस्तार गर्न नसक्दा नयाँ पुस्ता कृषि कर्ममा जोडिन नसकेको बताए । त्यसैले अब नयाँ पुस्तालाई कृषिमा संलग्न गराउने विषय युवा आन्दोलनको साझा विषय बन्नुपर्नेमा उनले जोड दिए । युवा सङ्घका अध्यक्ष क्षितिज थेवेले युवालाई कृषिमा संलग्न गराउन सङ्घले योजना बनाएको बताए ।
अर्थतन्त्रलाई नयाँ दिशादिनेगरी बजेट आएको छ: अध्यक्ष पाण्डे
स्वच्छ पूर्वाधार लगानी शुल्क लगाउँदा फेरि पेट्रोलियम गाडीकै खपत बढ्न सक्छ: उपाध्यक्ष श्रेष्ठ
बजेट महत्वाकांक्षी छ, कार्यान्वयन गर्नसके निजी क्षेत्रको मनोबल बढाउनेछ: कमलेश अग्रवाल
नेपालमा दिगो विकासका लागि वैदेशिक लगानी प्रवद्र्धन तथा सहजीकरणका लागि गर्नुपर्ने कुरा
नेपालमा नियो बैंकको सान्दर्भिकता
नेपालको लगानी यात्रा: नीतिगत सुधार, संस्थागत पुनर्संरचना र महत्वाकांक्षी भविष्यको खाका
निजी क्षेत्र माथीको आक्रमण कुनैपनि हालतमा ठिक होइन: अर्थमन्त्री






