प्रधानमन्त्री केपी शर्मा ओलीले हिम्मत नहार्ने र भविष्यप्रति आशावान् युवा उद्यमीहरु ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न अग्रसर हुनुपर्ने बताएका छन् ।
प्रधानमन्त्री निवास, बालुवाटारमा आज औद्योगिक व्यवसाय विकास प्रतिष्ठानद्वारा आयोजित ‘प्रधानमन्त्रीसँग स्टार्टअप उद्यमी’ कार्यक्रममा प्रधानमन्त्री ओलीले विकसित मुलुकको सुन्दर भविष्यप्रति आशावादी भएर ‘हामी सक्छौँ’ भन्ने भावका साथ अघि बढ्नुपर्नेमा जोड दिए ।
“हामी सन् २०२६ मा विकसित मुलुुकमा स्तरोन्नति हुँदैछौँ । त्यसपछि विकासित मुलुकमा पुुग्नेछौँ । हाम्रो देश अरूले आएर बनाइदिँदैन । हामीले नै बनाउने हो । प्रविधिको प्रयोग, विकासनिर्माण र अभ्यासका आधारमा हामी आधुनिकीकरण र उत्पादनवृद्धिमा लाग्न सक्नेछौँ”, प्रधानमन्त्री ओलीले भने, “हामी सबै लागेमा ‘वी क्यान डू’.... नेपाल बन्छ ।”
नेपालमा दिगो विकासका लागि वैदेशिक लगानी प्रवद्र्धन तथा सहजीकरणका लागि गर्नुपर्ने कुरा
नेपालमा नियो बैंकको सान्दर्भिकता
नेपालको लगानी यात्रा: नीतिगत सुधार, संस्थागत पुनर्संरचना र महत्वाकांक्षी भविष्यको खाका
निजी क्षेत्र माथीको आक्रमण कुनैपनि हालतमा ठिक होइन: अर्थमन्त्री
डिजिटल हिंसा रोक्न सरकार प्रतिबद्ध छ: सञ्चारमन्त्री खरेल
देशको समग्र विकासका लागि एआई अपरिहार्य छ: सञ्चारमन्त्री खरेल
भौतिक पुनःनिर्माण मात्रै होइन आर्थिक पुनरुत्थान पनि आवश्यक छ: लगानी बोर्ड सिइओ ज्ञवाली

-1769682233.jpg)
