विद्यार्थीले विकास गरेका प्रविधिमा आधारित नवीनतम आविष्कार तथा डिजिटल समाधान प्रदर्शन गर्ने उद्देश्यले ललितपुरको कुमारिपाटीस्थित भिरिञ्ची कलेजमा आइसिटी मेला ७.० (ICT Mela 7.0) आयोजना हुने भएको छ।
आगामी पुस २ देखि ४ गतेसम्म (डिसेम्बर १७ देखि १९, २०२६) सञ्चालन हुने मेलामा सफ्टवेयर, इन्टरनेट अफ थिङ्स (IoT) तथा रोबोटिक्ससम्बन्धी विद्यार्थीका परियोजना प्रदर्शन गरिनेछन्।
‘Where Ideas Turn into Innovation’ भन्ने नारासहित आयोजना हुन लागेको मेलामा विद्यार्थीले दैनिक जीवन, व्यवसाय, कृषि, पर्यटन तथा सामाजिक क्षेत्रमा उपयोगी हुने प्रविधिमा आधारित समाधान प्रस्तुत गर्नेछन्। बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुने कार्यक्रममा प्रवेश निःशुल्क रहनेछ।
मेलामा ब्लकचेन प्रविधिमा आधारित Chainheart नामक च्यारिटी तथा दान व्यवस्थापन प्लेटफर्म, नेपाली खानाको परिकार तथा रेसिपीबारे जानकारी दिने Dishcovery, नेपालको पर्यटन प्रवर्द्धन र यात्रा योजना बनाउन सहयोग गर्ने Nepal Yatra, किसान तथा खरिदकर्तालाई जोड्ने Sajha Krishi र कृत्रिम बुद्धिमत्ता (एआई) मा आधारित व्यवसाय व्यवस्थापन प्रणाली SmartBiz लगायतका सफ्टवेयर परियोजना प्रदर्शन गरिनेछन्।
त्यस्तै, IoT तथा रोबोटिक्सतर्फ GPS प्रविधिमा आधारित Smart Luggage, गति पहिचान गर्ने Virtual Drum, रातको समयमा निगरानी गर्न सक्ने Night Patrolling Bot, आगो नियन्त्रणमा सहयोग गर्ने Fire Fighting Bot, वायुको गुणस्तर निगरानी गर्ने Safety Mask, Plant Health Monitoring System र Smart Parking System लगायतका परियोजना प्रदर्शनीमा राखिनेछन्।
विद्यार्थीका परियोजना अवलोकनसँगै मेलामा विभिन्न प्रविधिमूलक प्रतिस्पर्धा तथा मनोरञ्जनात्मक गतिविधिसमेत सञ्चालन हुनेछन्। Googler Challenge, AR Campus Hunt, Inno Talk, Blind Coding, Digital Escape Room, Squid Game 6.0 र 90's Replay लगायतका गतिविधिमा सहभागीहरूले आफ्नो सिर्जनात्मकता, तार्किक क्षमता तथा प्रविधिसम्बन्धी सीप प्रदर्शन गर्न सक्नेछन्।
यसैगरी, विद्यालय तहका विद्यार्थीलाई लक्षित गरी UI/UX Design Competition 2026 आयोजना गरिनेछ। प्रतियोगितामा सहभागीहरूले प्रयोगकर्तामैत्री डिजिटल इन्टरफेस डिजाइन गर्नेछन्। रोबोटिक्समा रुचि राख्ने विद्यार्थीका लागि Robo Ramp Race 6.0 प्रतियोगितासमेत सञ्चालन हुनेछ, जहाँ विद्यार्थीले आफैँ निर्माण गरेका रोबोटमार्फत प्रतिस्पर्धा गर्नेछन्।
भिरिञ्ची कलेजका अनुसार ICT Mela 7.0 विद्यार्थीले कक्षाकोठामा सिकेको सैद्धान्तिक ज्ञानलाई व्यावहारिक परियोजनामा रूपान्तरण गरी प्रदर्शन गर्ने अवसर हो। यसले विद्यार्थीमा सिर्जनशीलता, समस्या समाधान गर्ने क्षमता, प्राविधिक दक्षता र सहकार्यको भावना विकास गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
नेपालको सूचना प्रविधि क्षेत्रमा दक्ष जनशक्ति उत्पादन र नवप्रवर्तनको संस्कृति विकास गर्न यस्ता शैक्षिक तथा प्रविधिमूलक कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्न सक्छन्। विद्यार्थीका परियोजनालाई सार्वजनिक रूपमा प्रस्तुत गर्ने अवसरले उनीहरूलाई आफ्नो कामको प्रतिक्रिया लिन, नयाँ सम्भावना पहिचान गर्न र भविष्यमा उद्यमशीलतातर्फ अघि बढ्नसमेत प्रेरित गर्न सक्छ।
ICT Mela 7.0 मा ईसेवा डिजिटल वालेट पार्टनर, पठाओ मोबिलिटी पार्टनर, आईसीटी समाचार अनलाइन मिडिया पार्टनर र डिसहोम इन्टरनेट पार्टनरका रूपमा रहेका छन्।
‘३५ प्रतिशत बजारहिस्सा’रहेको वर्ल्डलिंक थप आक्रमक,समस्या समाधान नभए दुई दिन निःशुल्क इन्टरनेट
नेपोभिटले सार्वजनिक गर्यो अल्ट्रा प्रिमियम ‘हिमालय’ टायल्स कलेक्सन
नेपालमा आइआइटी : भारतीय गुणस्तर, नेपाली आवश्यकता र स्वायत्त सञ्चालनको चुनौती
नबिल एसएसई : पाँच वर्षमा १५८० जना प्रशिक्षित, ३१८ उद्यम स्थापना
एक्स्ट्रिमको फरक स्वाद : पाँच नयाँ फ्लेभर सहित बजारमा
नेपाली प्रविधि कम्पनीको उत्पादन ‘बिजक’ले एउटै प्लेटफर्मबाट व्यवस्थापन गर्छ व्यवसायका विभिन्न काम



