नेपालको पहिलो टायल उत्पादक कम्पनी नेपोभिट टायल्सले अल्ट्रा प्रिमियम टायल्स कलेक्सन ‘नेपोभिट हिमालय’ सार्वजनिक गरेको छ। आधुनिक वास्तुकला र इन्टेरियर डिजाइनलाई लक्षित गरी ल्याइएको उक्त कलेक्सनमा १८ फरक डिजाइनका टायल्स समावेश छन् ।
नेपालको हिमालय पर्वत शृङ्खलाको प्राकृतिक सौन्दर्य र भव्यताबाट प्रेरित यस कलेक्सनलाई ‘द आर्ट अफ द मोनुमेन्टल’ अवधारणामा तयार गरिएको कम्पनीले जनाएको छ। प्रकृति र आधुनिक वास्तुकलाको संयोजनलाई टायल्सको डिजाइनमार्फत प्रस्तुत गर्ने उद्देश्यले नयाँ कलेक्सन ल्याइएको कम्पनीको भनाइ छ।
६०० × १२०० मिलिमिटर आकारमा उपलब्ध टायल्समा गोल्डेन तथा एम्बर भेइनिङ, ग्रे प्याटर्न, मार्बलबाट प्रेरित डिजाइन र सेतो टेक्स्चर समावेश छन् । ग्लसी फिनिसमा उपलब्ध यी टायल्स घरका विभिन्न कोठा, होटल, अपार्टमेन्ट तथा व्यावसायिक भवनको इन्टेरियरमा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ।
कलेक्सनमा मार्मो गोल्ड, लिक्विड गोल्ड, ल्यापिस गोल्ड र अरबेस्काटो गोल्डजस्ता आकर्षक डिजाइनका साथै ग्यारी ह्वाइट, सेन्चुरी नेचुरल, स्ट्याचुरियो आर्क र रोजर नेचुरलजस्ता क्लासिक डिजाइन रहेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार ठूलो आकारका टायल्स प्रयोग गर्दा सतहमा जोडाइका रेखा कम देखिने भएकाले इन्टेरियरलाई एकरूप र खुला देखाउन सहयोग पुग्छ। पछिल्लो समय आवासीय तथा व्यावसायिक भवनको डिजाइनमा ठूलो आकारका टायल्सको प्रयोग बढ्दै गएकाले नयाँ कलेक्सनले वास्तुविद्, इन्टेरियर डिजाइनर तथा घर निर्माण गर्ने ग्राहकलाई थप विकल्प दिने कम्पनीको भनाइ छ ।
नेपोभिटले बदलिँदो उपभोक्ता रुचि र निर्माण क्षेत्रमा विकसित हुँदै गएका डिजाइन प्रवृत्तिलाई ध्यानमा राखेर उत्पादन पोर्टफोलियो विस्तार गर्दै आएको जनाएको छ। नेपाली बजारमै टायल उत्पादन गर्दै आएको कम्पनीले गुणस्तर, डिजाइन र आधुनिक प्रविधिलाई प्राथमिकता दिँदै आफ्नो उत्पादनलाई थप प्रतिस्पर्धी बनाउने लक्ष्य राखेको छ।
‘हिमालय’ कलेक्सनमार्फत नेपाली प्राकृतिक पहिचानलाई आधुनिक इन्टेरियर डिजाइनसँग जोड्ने प्रयास गरिएको कम्पनीको भनाइ छ।
‘३५ प्रतिशत बजारहिस्सा’रहेको वर्ल्डलिंक थप आक्रमक,समस्या समाधान नभए दुई दिन निःशुल्क इन्टरनेट
विद्यार्थीका प्रविधि आविष्कार प्रदर्शन गर्न भिरिञ्ची कलेजमा आइसिटी मेला हुँदै, नि:शुल्क अवलोकन गर्न सकिने
नेपालमा आइआइटी : भारतीय गुणस्तर, नेपाली आवश्यकता र स्वायत्त सञ्चालनको चुनौती
नबिल एसएसई : पाँच वर्षमा १५८० जना प्रशिक्षित, ३१८ उद्यम स्थापना
एक्स्ट्रिमको फरक स्वाद : पाँच नयाँ फ्लेभर सहित बजारमा
नेपाली प्रविधि कम्पनीको उत्पादन ‘बिजक’ले एउटै प्लेटफर्मबाट व्यवस्थापन गर्छ व्यवसायका विभिन्न काम



