इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले ‘ढुक्कको कनेक्सन’ अभियान सार्वजनिक गरेको छ ।
अभियानअन्तर्गत कम्पनीले इन्टरनेट समस्या छिटो समाधान गर्ने, घरबाहिर पनि निःशुल्क वाइफाइ सुविधा उपलब्ध गराउने र व्यापक सेवा अवरोध हुँदा क्षतिपूर्ति दिने प्रतिबद्धता घोषणा गरेको छ ।
‘तुरुन्तै’, ‘फ्री वर्ल्डलिंक वाइफाइ’ र ‘टाइम ब्याक’ नाम दिइएका तीन सुविधामार्फत ग्राहकलाई थप भरपर्दो सेवा प्रदान गरिने कम्पनीले जनाएको छ ।
‘तुरुन्तै’ सेवाअन्तर्गत ग्राहकले इन्टरनेट नचलेको गुनासो दर्ता गरेपछि दुई घण्टाभित्र समस्या समाधान गर्ने कम्पनीको प्रतिबद्धता छ । तोकिएको समयभित्र समस्या समाधान नभए ग्राहकलाई क्षतिपूर्तिस्वरूप दुई दिनको इन्टरनेट सेवा निःशुल्क उपलब्ध गराइने कम्पनीले घोषणा गरेको छ ।
यो सुविधा २०० एमबिपिएस वा सोभन्दा माथिका प्याकेज प्रयोग गर्ने ग्राहकका लागि लागू हुने कम्पनीले जनाएको छ । यसैगरी, कम्पनीले प्रदान गर्दै आएको ‘फ्री वर्ल्डलिंक वाइफाइ’ सेवालाई थप सहज बनाएको उल्लेख गरेको छ ।
अब ग्राहकले माइ वर्ल्डलिंक एपमार्फत एक ट्यापमै वल्र्डलिंकका वाइफाइ हटस्पटमा जोडिन सक्ने कम्पनीको भनाई छ । कम्पनीका अनुसार यो सेवा अनलिमिटेड हुनेछ र वल्र्डलिंकका सबै ग्राहकले प्रयोग गर्न सक्नेछन् ।
कम्पनीले ‘टाइम ब्याक’ सुविधा पनि सार्वजनिक गरेको छ । यसअन्तर्गत एकैपटक धेरै ग्राहक प्रभावित हुने गरी इन्टरनेट सेवा अवरुद्ध भई तोकिएको अवधिभन्दा बढी समय समस्या कायम रहेमा प्रभावित ग्राहकलाई एक दिनको अतिरिक्त इन्टरनेट सेवा क्षतिपूर्तिस्वरूप उपलब्ध गराइनेछ । सो क्षतिपूर्ति प्राप्त गर्न ग्राहकले माइ वल्र्डलिंक एप वा नजिकको शाखा कार्यालयमार्फत अनुरोध गर्न सक्ने व्यवस्था गरिएको छ ।
वर्ल्डलिंकका प्रमुख प्रविधि अधिकृत (सिटिओ) रविन्द्र महर्जनले ‘ढुक्कको कनेक्सन’ अभियानले घरभित्र र बाहिर दुवै स्थानमा सहज इन्टरनेट पहुँच सुनिश्चित गर्नुका साथै ग्राहकलाई सेवा गुणस्तरप्रति विश्वस्त बनाउने दाबी गरे ।
सन् १९९५ मा स्थापना भएको वल्र्डलिंक हाल ११ लाखभन्दा बढी फाइबर ग्राहकसहित नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनीमध्ये एक हो । कम्पनीका अनुसार यसको सेवा ७४ जिल्लासम्म विस्तार भइसकेको छ र इन्टरनेट बजारमा करिब ३५ प्रतिशत हिस्सा रहेको छ ।
विद्यार्थीका प्रविधि आविष्कार प्रदर्शन गर्न भिरिञ्ची कलेजमा आइसिटी मेला हुँदै, नि:शुल्क अवलोकन गर्न सकिने
नेपोभिटले सार्वजनिक गर्यो अल्ट्रा प्रिमियम ‘हिमालय’ टायल्स कलेक्सन
नेपालमा आइआइटी : भारतीय गुणस्तर, नेपाली आवश्यकता र स्वायत्त सञ्चालनको चुनौती
नबिल एसएसई : पाँच वर्षमा १५८० जना प्रशिक्षित, ३१८ उद्यम स्थापना
एक्स्ट्रिमको फरक स्वाद : पाँच नयाँ फ्लेभर सहित बजारमा
नेपाली प्रविधि कम्पनीको उत्पादन ‘बिजक’ले एउटै प्लेटफर्मबाट व्यवस्थापन गर्छ व्यवसायका विभिन्न काम



