सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको नेतृत्वमा ५० मेगावाट क्षमताको 'मस्र्याङ्दी बेसी जलविद्युत आयोजना' निर्माणका लागि वित्तीय व्यवस्थापन सम्पन्न भएको छ ।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच प्रवद्र्धक कम्पनी दिव्यज्योति हाइड्रोपावर लिमिटेड र ऋण लगानी गर्ने बैंकहरूबीच सहवित्तीयकरण कर्जा सम्झौतामा हस्ताक्षर भएको हो ।
लमजुङको मस्र्याङ्दी गाउँपालिका र बेसीसहर नगरपालिकामा निर्माण हुने यस आयोजनाको कुल अनुमानित लागत ११ अर्ब ३० करोड रुपैयाँ रहेको छ । आयोजनामा ऋण र स्वपूँजीको अनुपात ६७:३३ रहने गरी वित्तीय व्यवस्थापन गरिएको छ । जसअनुसार सहवित्तीयकरणमा सहभागी बैंकहरूले ७ अर्ब ५० करोड रुपैयाँ ऋण लगानी गर्नेछन् भने बाँकी ३३ प्रतिशत रकम प्रवद्र्धकहरूले लगानी गर्नेछन् ।
आयोजनालाई आगामी ४ वर्षभित्र निर्माण सम्पन्न गरी विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ । यस आयोजनाबाट उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणको उदीपुरस्थित सबस्टेशनमा जोडिनेछ । कम्पनीका अनुसार यस आयोजनाबाट वार्षिक ३१२.६०२ गिगावाट घण्टा विद्युत उत्पादन हुनेछ, जसमध्ये हिउँदमा ११२.०९९ र वर्षायाममा २००.५०३ गिगावाट घण्टा ऊर्जा उत्पादन हुने लक्ष्य छ ।
सम्झौता कार्यक्रममा बोल्दै सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बैंकले स्थापनाकालदेखि नै ऊर्जा क्षेत्रलाई प्राथमिकता दिँदै आएको बताए । उनले हालसम्म बैंकले एकल तथा सहवित्तीयकरणमार्फत कुल ४२ वटा जलविद्युत आयोजनाहरूमा लगानी गरेको जानकारी दिए । यी आयोजनाहरूको कुल क्षमता १,६०५.२२६ मेगावाट रहेको छ ।
सिटिजन्स बैंकले मात्रै १८ वटा आयोजनामा एकल र बाँकी आयोजनाहरूमा अगुवा वा सहभागी बैंकका रूपमा लगानी गरेको छ ।
दिव्यज्योति हाइड्रोपावर लिमिटेडका तर्फबाट अध्यक्ष सतिश न्यौपानेले आयोजनाको निर्माणका लागि आवश्यक सबै कानुनी प्रक्रिया तथा पूर्वतयारी पूरा भइसकेकाले समयमै काम सम्पन्न हुनेमा विश्वास व्यक्त गरे ।
विद्युत् उत्पादन मात्र हैन, खपतका योजना चाहिन्छ : इप्पान अध्यक्ष कार्की
एमच्याम नेपालद्बारा अमेरिकामा द्विपक्षीय व्यापार र ऊर्जा साझेदारीमा छलफल
ग्रीन हाइड्रोजन तथा फ्यूल सेल प्लान्ट स्थापना गर्न कारियाली कम्पनीसँग सम्झौता
लगानी बोर्ड बैठक: ८ अर्ब ८४ करोड बराबरको लगानी स्वीकृत



