नेभिगेशन
उर्जा

राष्ट्रिय प्रसारणमा जोडियो ८२ मेगावाटको तल्लो सोलु

 सोलुखुम्बु जिल्लामा सञ्चालित तल्लो सोलु जलविद्युत् आयोजनाको ८२ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । सन् २०१७ बाट निर्माण सुरु गरिएको जलविद्युत् आयोजनाले साउन ४ गतेबाट राष्ट्रिय प्रसारण प्रणालीमा जोडेर परीक्षण उत्पादन सुरु गरेको हो । 

आयोजनाको बिजुली जिल्लाको लाम्मानेमा रहेको सोलु करिडोरको १३२ केभी प्रसारण लाइनमा जोडेर परीक्षण उत्पादन सुरु गरिएको छ । ४१ मेगावाटका दुवै युनिटको छुट्टाछुट्टै परीक्षण सुरु गरिएको भए पनि बुधबार सकिने जनाइएको छ । त्यसपछि नेपाल विद्युत् प्राधिकरणले १५ दिनको परीक्षण उत्पादन सकेपछि आयोजनाबाट व्यावसायिक रुपमा विद्युत् उत्पादन सुरु हुने छ । 

 जिल्लाको सोलुदूधकुण्ड नगरपालिका–११ तिङ्ला र वडा–७ गार्माको सिमाना रहेको साल्मेमा बाँध निर्माण गरी आयोजनाले विद्यूत् निकाल्न ६.२ किलोमिटर तल पर्ने तिङ्ला भदौरेमा रहेको विद्युत्गृहमा सुरुङमार्फत पानी पुर्‍याएर विद्युत् उत्पादन गरेको छ । 

विद्युत् उत्पादनका लागि परियोजनाले ४.२ किलोमिटर हेडरेस र २ किलोमिटर भूमिगत हेडरेस पाइपलाइन विस्तार गरेर बाँधबाट फर्काएको पानी भदौरेमा पुर्‍याएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्