हाईलाइफले नयाँ उत्पादनको रुपमा चामल व्यवसायमा प्रवेश गरेको छ । हाईलाइफले एक्स्ट्रा लङ ग्रेन बासमती चामल, पुलाउ बासमती चामल र ‘जिआई राइस’ बजारमा ल्याएको छ ।
नेपाली उपभोक्ताको स्वाद, पोषण र विश्वासलाई मध्यनजर गर्दै हाईलाइफ फूड्सले नयाँ प्रडक्टका रुपमा प्रिमियम बासमती चामल बजारमा ल्याएको हो । ‘जिआई राइस’ डायबेटिक बिरामीको लागि उपयुक्त हुने छ ।
लामो दाना, उत्कृष्ट स्वाद र प्राकृतिक सुगन्धले भरिएको यो चामल घरायसी भान्सादेखि रेस्टुरेन्टसम्मका लागि उपयुक्त र गुणस्तरीय विकल्पका रूपमा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । अन्य बासमती चामलहरूको तुलनामा हाईलाइफ फूड्सको यो बासमती चामल शुद्ध, सफा र पौष्टिक तत्वले पूर्ण रहेको कम्पनीको भनाइ छ ।
हाईलाइफ फूड्सका प्रबन्ध निर्देशक पंकज ज्ञवालीले भने, “प्रत्येक नेपाली परिवारलाई गुणस्तरीय, पौष्टिक र सुलभ खाद्यान्न उपलब्ध गराई स्वस्थ जीवनशैलीलाई प्रवद्र्धन गर्ने उद्देश्यमा कम्पनी प्रतिबद्ध छ ।’’ उनका अनुसार हाईलाइफ प्रिमियम बासमती चामल स्वादिलो हुनुका साथै स्वास्थ्यवद्र्धक समेत छ ।
पछिल्लो समय हाईलाइफ फूड्सले विभिन्न उत्पादनमा जोड दिँदै आएको र व्यावसायिक दायरा विस्तार गरिरहेको छ । कम्पनीले किसान, उपभोक्ता र समुदायलाई लक्षित गर्दै रोजगार सिर्जना र उत्पादन क्षमता वृद्धिबाट मुलुकको आर्थिक विकासमा योगदान दिँदै आएको छ । अत्याधुनिक प्रविधि, अनुसन्धान तथा डिजिटल युगअनुकूल सेवा प्रणालीमार्फत उद्योगमा अग्रणी भूमिका खेल्ने हाईलाइफ फूड्सको लक्ष्य छ ।
गुणस्तरलाई पहिलो प्राथमिकतामा राख्दै कम्पनीले प्रत्येक उत्पादनमा उच्चतम मापदण्डको पालना गर्ने जनाएको छ । उपभोक्ताको आवश्यकता र जीवनशैली अनुसार नवीन उत्पादन विकास, गुणस्तरमा सम्झौता नगरी सबैका लागि सुलभ उत्पादन उपलब्ध गराउने, सरोकारवालासँग पारस्परिक सम्मान र सहकार्य, इमानदारी तथा पारदर्शिता कम्पनीका मूल सिद्धान्त हुन् । दीर्घकालीन विश्वसनीयता र सुदृढ व्यवस्थापन क्षमतामा केन्द्रित रही कम्पनी अघि बढिरहेको छ ।
हाल बासमती प्रिमियम चामल देशभरका खुद्रा विक्रेता, सुपरमार्केट तथा अनलाइनप्लेटफर्महरूमा विभिन्न तौल र आकर्षक प्याकेजिङमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । यसले गुणस्तर र मूल्यबीचको सन्तुलन कायम राख्ने कम्पनीको दाबी छ । हाईलाइफको चामल एक किलो,पाँच किलो र २० किलोमा बजारमा उपलब्ध हुने छ ।
हाईलाइफ फूड्स विगतदेखि नै चिउरा, कर्नफ्लेक्स, चोको प्लस, सोयाबिन, ओट्स, आटा, चियापत्ती, बेसन र अन्य स्वास्थ्यकर खाद्य वस्तुहरूको उत्पादन तथा वितरण गर्दै आएको छ ।
एनआईसी एशिया बैंक र एनसीएचएलबीच सम्झौता, अब बैंकले नेपालपे कार्ड जारी गर्ने
एनएमबि बैंकद्वारा डिजिटल नेपालको लागि नयाँ पेमेन्ट गेटवे सुरु
लक्ष्य होल्डिङ्गसको चौथो वार्षिक साधारण सभा आगामी पुस १२ गते हुने
इनड्राइभ प्लेटिनम ड्राइभर गिभअवे क्याम्पेनका ग्रान्ड प्राइज विजेताहरूलाई पुरस्कार हस्तान्तरण
सिटिजन्स बैंकले ल्यायो 'सिटिजन्स क्यूआर मर्चेन्ट लोन' योजना
एनएमबि बैंकले पाटा र भिसासँगको सहकार्यमा प्रयोगमा ल्यायो सजिलो डिजिटल भुक्तानी
आईपीओ जारी गर्दै नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल





