नेपालको अग्रणी निर्जीवन बीमा कम्पनी हिमालयन एभरेष्ट इन्स्योरेन्स (एचइआई) ले दुई प्रतिष्ठित विधामा अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गर्न सफल भएको छ ।
यही २०२५, जुलाई ९ मा सिंगापुरमा सम्पन्न भएको विशेष कार्यक्रममा दुई प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड‘डोमेस्टिक जनरल इन्स्योरर अफ दि एअर’ र ‘इन्स्योरेन्स प्रडक्ट इनोभेशन अफ दि एअर’ २०२५ बाट हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी सम्मानित भएको हो ।
कार्यक्रममा कम्पनीका अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठ र निर्देशक विजय कुमार पन्त स्वयं सहभागी भई अवार्ड ग्रहण गरेका थिए । एसिया प्यासिफिक क्षेत्रकै सबैभन्दा प्रतिष्ठित अवार्डका रुपमा लिइने उक्त अवार्डले सम्मानित हुँदा अन्तर्राष्ट्रिय स्तरमा समेत नेपाली बीमा उद्योगको छवि थप उजागर भएको छ ।
हिमालयन एभरेष्ट इन्स्योरेन्सले यसअघि पनि विभिन्न अन्तर्राष्ट्रिय अवार्डहरु प्राप्त गर्दै आएको छ । कम्पनीले सन् २०२३ मा इन्स्योरेन्स एशिया अवार्ड, सन् २०२४ मा ‘डोमेस्टिक जनरल इन्स्योरर अफ दि एअर र ‘स्ट्राटेजिक पार्टनरसिप अफ दि एअर’ जस्ता महत्वपूर्ण अवार्डहरु प्राप्त गरिसकेको छ ।
बीमा क्षेत्रमा उत्कृष्ट सेवा, नवीन रणनीति तथा ग्राहकमुखी दृष्टिकोणका कारण (एचइआई) लगातार अन्तर्राष्ट्रिय स्तरमा प्रशंसा बटुल्दै आएको छ । यस वर्ष प्राप्त दुई विधाका अवार्डले कम्पनीको व्यवसायिक नेतृत्व क्षमता र नवप्रवर्तनशील सोचलाई अझ पुष्टि गरेको छ ।
कार्यक्रममा सहभागी भएर अवार्ड ग्रहण गर्दै अध्यक्ष श्रेष्ठले यो अवार्ड सम्पूर्ण टिमको कठिन परिश्रम र प्रतिबद्धताको नतिजा भएको बताउँदै ग्राहकप्रति गरेको सेवा प्रतिबद्धताको अन्तर्राष्ट्रिय मान्यता पाउँदा अत्यन्त गर्वित भएको जानकारी दिए ।
त्यसैगरी उक्त कार्यक्रममा निर्देशक पन्तले पनि अन्तर्राष्ट्रिय मञ्चमा नेपाली बीमा कम्पनीले पाएको सम्मानले आगामी दिनमा अझ जिम्मेवार र सशक्त रुपमा अघि बढ्ने प्रेरणा मिलेको बताए ।
डिप्रोक्स लघुवित्त बन्यो कार्ड जारी गर्ने पहिलो लघुवित्त संस्था
नबिल बैंकको भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा
सिद्धार्थ बैंकले सञ्चालनमा ल्यायो एपीआई बैंकिङ प्लेटफर्म ‘र्यापिड’
आईक्यान र टिगबीच सहकार्य, सदस्य फर्म र विद्यार्थीले निःशुल्क क्लाउड अकाउन्टिङ प्रयोग गर्न पाउने
'बजेट रुपान्तरणकारी आएको छैन, मौद्रिक नीतिबाट पनि अपेक्षा गर्न सकिँदैन'
एएमसीले बैंकिङ क्षेत्रको सबै समस्या समाधान गर्दैन, नेपाली बैंकहरू संकटमा छैनन्: नबिल बैंकका सीईओ मनोज ज्ञवाली
इसेवामार्फत जीवन बीमा नवीकरण गर्दा स्मार्ट टिभी र नगद जित्ने अवसर
