नेभिगेशन
पर्यटन

१ अर्ब ९५ करोड रुपैयाँको लागतमा निर्माण भएको गोदावरी फरेस्ट होटल दशैं अघि सञ्चालनमा ल्याउने तयारी

ललितपुरको गोदावरीमा निर्माण भएको गोदावरी फरेस्ट होटल अमेरिकन होटल चेन ब्रान्ड ‘बेस्ट वेस्टर्न प्लस’ को व्यवस्थापनमा सञ्चालनमा आउने भएको छ । दशै अगाडि नै गोदावरी फरेस्ट होटल सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।

१ अर्ब ९५ करोड रुपैयाँको लागतमा ६ वर्षपछि होटल निर्माण भएको हो । रिसोर्टमा ८३ वटा आधुनिक कोठा, तीनवटा मिटिङ हल, एउटा बोर्ड रुम, दुईवटा रेस्टुरेन्ट, ३ सयभन्दा बढी व्यक्तिको क्षमताको इभेन्ट हल (बैंक्वेट) र इन्फिनिटि स्वीमिङ पुल जस्ता सुविधाहरू समावेश छन्।

चिनियाँ र भारतीय पर्यटकलाई लक्षित गर्दै निर्माण गरिएको यस रिसोर्ट ५८ हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको छ । रिसोर्टले पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्