नेपाली स्टार्टअप फास्टोले अर्डर गरेको १० मिनेटमै सामानहरू डेलिभरी गर्न थालेको छ । ‘एनिथिङ्ग इन टेन मिनेट’ भन्ने नाराका भदौ १ गतेदेखि फास्टोले १० मिनेटमै सामानहरू डेलिभरी गर्न थालेको थियो ।
फास्टोले काठमाडौं उपत्यकाभित्र किसानले उत्पादन गरेका ताजा तरकारी, फलफुल, दैनिक उपभोग्य सामाग्री लगायत खेलकुद तथा सजावट र बजार माग बमोजिमका अन्य आवश्यक सामाग्रीहरु ग्राहकले अर्डर गरेको १० मिनेटमै घरमै प्राप्त गर्न सक्ने व्यवस्था मिलाएको छ ।
ग्राहकले ‘फास्टो एप’ प्लेस्टोर वा एपस्टोरबाट डाउनलोड गरी सामान अर्डर गर्न सक्नेछन् । अर्डर पनि रियलटाइम ट्रयाक गर्न सकिने छ ।
व्यस्त जीवशैलीलाई फास्टोले सजिलो बनाउने अनुमान गरिएको छ । फास्टोले २५० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डका २ हजार बढी सामानहरू उपभोक्तालाई उपलब्ध गराउने जनाएको छ ।
१० मिनेटमै डेलिभरीका लागि फास्टोले काठमाडौंका विभिन्न ठाउँ डार्क स्टोर तयार गरेको छ । अर्डर आएपछि नजिक डार्क स्टोरबाट सामान ग्राहकको घरमा डेलिभरी हुन्छ ।
हाल काठमाडौं उपत्यकामा मात्रै सीमित रहेको यो सेवालाई निकट भविष्यमा नेपालका सबै प्रदेश र मुख्य शहरहरूमा विस्तार गर्ने कम्पनीको लक्ष्य छ ।





